• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सहिदनगरका प्रमुख प्रशासकीय अधिकृत निलम्बित

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ८, आईतवार २१:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जनकपुरधाम,पौष ८ / सहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारी निलम्बनमा परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको सहिदनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव कुमार अधिकारीविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेसँगै उनी निलम्बनमा परेका हुन्।

    भ्रष्टाचार गरेको अभियोगमा आइतबार आयोगले उनीमाथि मुद्दा दायर गरेको हो। धनुषाकै हंसपुर नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारमा रहँदा कार्यपालिकाको माइन्युट सच्याई किर्ते गरेको अभियोगसहित अधिकारीमाथि मुद्दा दायर गरिएको आयोगले जनाएको छ।

    तत्कालीन प्रशासकीय अधिकृत अधिकारीले हँसपुर नगरकार्यपालिकाको बैठकको निर्णयमा नभएको कुरा देखाई सरकारी कागज सच्याउने कार्य गरेको र सोही सच्याइएको कागजलाई सक्कल हो भनी प्रमाणित गरी गलत लिखत तयार गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ र दफा ११ बमोजिमको कसुर गरेको अभियाेगमा उनलाई सोही ऐन बमोजिम कैद र जरिवाना हुन माग दाबी गरिएको हो।

    त्यस्तै आयोगले हंसपुरकै वडा नम्बर-१ का तत्कालीन अध्यक्ष कामेश्वर कापर, ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीविरुद्ध पनि भ्रष्टाचार अभियोगमा मुद्दा दायर गरेको छ। हंसपुर-१ का तत्कालीन अध्यक्ष कापरले वडा-१ स्थित कित्ता नं ३३० को सार्वजनिक पोखरी ठेक्काबापत आफूले बुझी लिएको दोस्रो वर्षको किस्ता पाँच लाख ५५ हजार राजस्व रकम राजस्वमा दाखिला गर्नुपर्नेमा दाखिला नगरेर हंसपुरलाई हानी नोक्सानी र हिनामिना गरेको अख्तियारले जनाएको छ।

    त्यसै कारण कापरलाई पाँच लाख ५५ हजार रुपैयाँ बिगो दाबी कायम गरेर कैद सजाय गरी बिगोअनुसार जरिवाना गर्न र हानि नोक्सानी भएको बिगो कापरबाटै असुल उपर गर्न भनिएको छ। साथै नियमित किस्ता हंसपुर नगरमा दाखिला नगरेको अवस्थामा समेत निरन्तर किस्ता दिएको भन्दै कापरले वडा नम्बर-१ को लेटर प्याडको दुरुपयोग गरी नियमित किस्ता दाखिला गरी गलत लिखत तयार गरेको कसुर पुष्टि भएको भन्दै त्यसै अनुसारको सजायसमेत माग गरिएको छ।

    उक्त मुद्दामै ठेकेदार मदनकुमार झा र नवीनकुमार चौधरीले कित्ता नं ३३० को सार्वजनिक पोखरी ठेक्काबापत दोस्रो वर्षको किस्ता पाँच लाख ५५ हजार राजस्व रकम दाखिला गर्नुपर्नेमा नगरेर हंसपुर नगरपालिकालाई हानि नोक्सानी गरेको भन्दै दुवै जनालाई पाँच लाख ५५ हजार कायम गरेर सजाय गरी बिगो समेत जफत गर्न माग दाबी गरिएको हो।

    वडा नम्बर-१ भगवानपट्टीमा रहेको कित्ता नम्बर ३३० को सार्वजनिक पोखरीलाई वडा अध्यक्षले ठेक्का लगाउँदा भ्रष्टाचार गरेको भन्ने उजुरी परेपछि आयोगले अनुसन्धान प्रक्रिया अघि बढाएको छ।साभार नागरिकन्युज

    Post Views: 317
    प्रकाशित मिति: २०८० पुष ८, आईतवार २१:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.