• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्राधिकरणले सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुली काट्यो

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ८, आईतवार २०:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,पौष ८ / नेपाल विद्युत् प्राधिकरणले आज थप दुई उद्योगको बिजुलीको लाइन काटेको छ। प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको विद्युत्को बक्यौता नतिर्ने सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको बिजुलीको लाइन आज  बेलुकीपख काटेको हो।

    प्राधिकरणको परासी वितरण केन्द्रले बेलुका ७ बजेको समयमा दुवै उद्योगको लाइन काटेको हो। प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टको बक्यौता ८३ करोड रुपैयाँ र लक्ष्मी स्टिलको बक्यौता ६२ करोड रुपैयाँ रहेको छ।

    प्राधिकरणले बक्यौता नतिर्ने उद्योगको बिजुली गत शुक्रवारदेखि धमाधम काट्दै आइरहेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बिहीबार डेडिकेटेड र ट्रंकलाइन प्रयोग गरेर विद्युत्को बक्यौता नतिर्ने उद्योगको लाइन काट्नको लागि ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रालय तथा प्राधिकरणलाई निर्देशन दिएका थिए।

    प्रधानमन्त्रीको निर्देशन आएसँगै प्राधिकरणले शुक्रवार मात्रै चार ठुला उद्योगको बिजुलीको लाइन काटिदिएको थियो।  प्राधिकरणका अनुसार शुक्रवार जगदम्बा स्टिल,रिलायन्स स्पिनिङ मिल्स, घोराही सिमेन्ट र अर्घाखाँची सिमेन्ट उद्योगको बिजुलीको लाइन काटिएको हो। प्राधिकरणका अनुसार जगदम्बाले ४ अर्ब १४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ।

    त्यसैगरी रिलायन्सले एक अर्ब ९४ करोड रुपैयाँ बक्यौता रहेको छ। घोराही सिमेन्ट उद्योगको पनि एक अर्ब ३६ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ। अर्घाखाँची सिमेन्टको पनि बक्यौता एक अर्ब ३० करोड रुपैयाँ रहेको छ।

    प्राधिकरणले बक्यौता नतिर्ने अन्य उद्योगको लाइन पनि काट्दै जाने जनाएको छ। ६१ वटा उद्योगले ट्रङ्क र डेडिकेटेड लाइन प्रयोग गरे बापतको करिब २० अर्ब बक्यौता तिर्न बाँकी छ। त्यसको ब्याज र जरिवानामा पनि करिब ५ अर्ब रुपैयाँ थपिएको प्राधिकरणको दाबी छ।साभार नागरिकन्युज

    Post Views: 219
    प्रकाशित मिति: २०८० पुष ८, आईतवार २०:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.