• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपालगञ्ज-गुलरीया सडक निर्माणमा बजेट अभाव

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ८, आईतवार २०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके,पौष ८/नेपालगञ्ज-गुलरीया सडक स्तर उन्नतिको काम द्रुत गतिमा अघि बढिरहँदा समेत निर्माण कम्पनीले भुक्तानी पाउन सकेको छैन । निर्माण कम्पनीले हाल नेपालगञ्जको नन्दनी मिलदेखि नै सडकमा कालोपत्रेको तयारीका लागि गिट्टी बिच्छाउन थालेको छ ।

    हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज गुलरीया सडक खण्ड विस्तार हालसम्म द्रुत गतिमा अघि बढेपनि भुक्तानी दिन नसकिएको बताउनुभयो । इन्जिनियर पाण्डेले भन्नुभयो, “गत आव र चालु आवको गरी करिब ३५ करोड रुपियाँ निर्माण कम्पनीलाई भुक्तानी गर्न बाँकी छ ।” आयोजनाका अनुसार यही चैतसम्म कालोपत्रेको सुरुवात गर्ने तयारी छ । अस्फाल्ट प्रविधिबाट पहिलो चरणमा ५ सेन्टिमिटरको डिपिएम कालोपत्रे र दोस्रो चरणमा माथिल्लो भागमा पुनः ५ सेमीको कालोपत्रे गरिने छ ।

    गत वर्ष भदौमा टेण्डर भएपनि मङ्सिरमा सम्पन्न निर्वाचनपछि काम अघि बढेकोमा प्रारम्भिक चरणको काम करिब सम्पन्न भएको छ । सडक अन्तर्गत रहेको दर्जनौँ स-साना कल्भर्ट निर्माण गरिएको छ । निर्माण कम्पनी शर्मा एण्ड कम्पनीले सरकारबाट काम गरे अनुसारको रकम भुक्तानी पाउन नसकेपनि कामलाई तीव्र रूपमा अघि बढाई निरन्तरता दिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ ।

    नेपालगञ्ज-गुलरीया करिब ३३ किलोमिटर सडक स्तर उन्नतिका लागि दुई अर्ब ६९ करोडमा शर्मा एण्ड कम्पनीले निर्माणको जिम्मा पाएको हो । यो सडक अन्तर्गत मानव बस्ती भएको स्थानमा चारलेन र सामान्य क्षेत्रमा दुई लेनको बन्दैछ । साभार सत्यपाटी

    Post Views: 301
    प्रकाशित मिति: २०८० पुष ८, आईतवार २०:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.