• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पार्टीभित्र एकता र सदभाव आवश्यक छ : प्रवक्ता महत

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ७, शनिबार २१:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,पौष ७ / नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपाली कांग्रेस पार्टीभित्र एकता र सद्भावको आवश्यकता रहेको औँल्याएका छन् । बागमती प्रदेश कांग्रेस प्रथम सम्मेलनमा आज उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने- “पार्टीभित्र वडादेखि केन्द्रसम्म संस्थाभित्र छलफल र बहस गर्ने त्यसपछि निष्कर्ष निकाल्ने पद्धति स्थापित गर्न जरुरी छ । निष्केको निष्कर्ष जनताको बीचमा प्रस्तुत हुन जरुरी छ ।”

    बाहिर धेरै कुरा गर्ने, भित्र केही नगर्ने नेपाली कांग्रेसको समस्या भएको उनले बताए । आन्तरिक निर्वाचनमा आम निर्वाचनभन्दा चर्को रुपमा सहभागी हुने, नीतिगत विषयमा छलफल गर्नुपर्यो भने बैठकमै नआउने कांग्रेस पार्टीको समस्या भएको उनले स्पष्ट पारे । “केन्द्रमा छलफल भइरहेको छ र सर्वसम्मत निर्णय पनि भइरहेको छ । यो निर्णय हामीले एक स्वरमा जनताको बीचमा लिएर जान जरुरी छ”,  मन्त्री डा.महतले भने, “हामीभित्र एउटा निष्कर्ष निकालेपछि अलगअलग कुरा गर्नु पार्टीका लागि घातक हुन्छ ।”

    उनले भने, ‘संसद्मा हाम्रो तीन गुण बढी सङ्ख्या छ, यद्यपि यो परिस्थितिमा गठबन्धन सरकार बनेको हो । हामीले लोभ गर्दा सत्ता गुमेको हो भनेर आलोचना भएकै हो । यो कुरालाई भुलेर हामी अर्को बहसमा लाग्यो भने हामी काही पुग्दैनौँ । सङ्गठनको नेतृत्वमा निर्वाचन भएर बसेका हुन् वा बाहिर रहेकाले एकअर्कालाई सहने, सम्मान गर्ने, एकअर्कालाई सुन्ने मानसिकता बनाउनुपर्छ । यो मानसिकता भयो भने नेपाली कांग्रेसलाई बहुमत ल्याउन कसैले रोक्दैन ।’

    प्रवक्ता डा.महतले भने, “धेरै नकारात्मक परिस्थिति भएको अवस्थामा म अर्थमन्त्री भएको थिएँ, बजेट बनाउने समय मसँग दुई महिना पनि थिएन, विना प्राथमिकताका ठेक्कामुखी आयोजना अगाडि बढाइएको थियो । समस्याको पहाड थियो । कोभिडका बेला मौद्रिक नीति सरल बनाइयो, ऋण उपयोग गर्ने ठाउँ नै थिएन ।”

    पछिल्लो समय विभिन्न स्वार्थ समूहले सताएको बताउँदै अर्थमन्त्री डा.महतले भने, “इमान्दार, पारदर्शी र समर्पित भएर काम गर्दा कतिपय स्वार्थ समूह मेरा विरुद्ध खिनिएका छन् । जहाँ पुग्न पनि सहज छ अचेल, यसले खत्तम गर्‍यो भनेर दौडादौड गर्नेको यहाँ कमी छैन ।”रासस

    Post Views: 185
    प्रकाशित मिति: २०८० पुष ७, शनिबार २१:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.