बर्दिया,पौष ७(माउण्टेनसमाचार) / बाघको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–४ का १२ वर्षिय सुमित थारुको आज दिउँसो बाघको आक्रमणबाट मृत्यु भएको हो । बारबर्दिया नगरपालिका–४ जिरा सामुदायिक वनमा आक्रमण भएको डिभिजन वन कार्यालयका प्रमुख प्रविण बिडारीले बताए । फिल्ड कर्मचारीहरुको अनुसार चितुवाले आक्रमण गरेको बुझिएको जनाए । बाघ वा चितुवा के हो भन्ने कुरा अझै एकिन नभएको प्रमुख बिडारीले जानकारी दिए ।





