राजापुर, पुस ७ गते (माउण्टेनसमाचार) / बर्दियाको राजापुर नगरपालिकामा स्थानीय तह संग मानव वन्यजन्तु द्वन्द सम्बन्धि एकदिने अभिवृद्धि कार्यक्रम पुस ६ गते शुक्रबार सम्पन्न भएको छ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारुले “वन ऎनले गर्दा विकास निर्माणका कामहरुमा धेरै अवरोध गर्ने गरेको र विकास हुने काम पनि पछाडि परेकोले विकासको प्रक्रिया समन्वयबाट अगाडि बढाएको उनले बताए। वन, वन्यजन्तुबाट पीडित भएका राहतका लागी विभिन्न निकायहरूमा आवाज उठाउदै आएको समेत नगरप्रमुख थारुले भने ।
त्यसै क्रममा वन संरक्षणलाई आय-आर्जन संग जोडेर लग्नुपर्नेमा जोड दिदै डिभिजन वन कार्यालय बर्दियाका कार्यक्रम सबै मधुवन र ठाकुरबाबा केन्द्रित रहेकोले राजापुर नगरपालिकालाई पनि महत्त्वमा राख्न नगरप्रमुख थारुले बताए।
राजापुर नगरपालिकाले वनको संरक्षण गरेको छ, गर्ने छ र अगाडि पनि डिभिजन वन सङ्ग हातेमालो गरेर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुको साथै स्थानीय कच्चापदार्थलाई आय-आर्जन संग जोड्नु पर्नेमा नगरप्रमुख थारुले विशेष जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै सभापति डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण विडारीले भन्नुभयो “वन्यजन्तुलाई ब्यवस्थापन गर्न धेरै माग आउने गरेको छ तर डिभिजन वन कार्यालयसङ्ग न दक्षता छ, न औजार छ, न सीप छ, बर्दिया राष्ट्रिय निकुञ्ज र प्रकृति संरक्षण कोष (NTNC) सङ्ग समन्वय र सहजीकरण गर्दै वन्यजन्तु ब्यवस्थापन गर्दै आईरहेका छौ र वन, वन्यजन्तु सम्बन्धि कुनै सूचना भएमा सम्बन्धित डिभिजन वन कार्यालय वा संबंधित सब-डिभिजन वन जानकारी दिनुका साथै सहकार्य र समन्वय गरि अगाडि बढ्ने डिभिजनल अधिकृत विडारीले बताए।
कार्यक्रम संचालन डिभिजन वन कार्यालय बर्दियाका सहायक वन अधिकृत टंक बहादुर गुरुङ्गले गर्नुभएको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथी राजापुर नगरपालिकाका नगरप्रमुख दिपेश थारु, अतिथिहरुमा राजापुर नगरपालिकाका वडा अध्यक्षहरु, खाता सामुदायिक वन समन्वय समिति मधुवन नगरपालिका वडा नं-३ का अध्यक्ष, खैरी सामुदायिक वन समन्वय समितिका सचीव नारायण बहादुर शाही र खैरी प्रहरी चौकीका इन्चार्जको उपस्थिति रहेको थियो।




