बर्दिया,पौष ६(माउण्टेनसमाचार) / भोली शनिबार प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियामा चार जना चर्चित कलाकार आउने जनाईएको छ ।

उद्योग वाणिज्य संघ गुलरियाको आयोजनामा संचालन भएको महोत्सवमा शनिबार चार जना ख्याती प्राप्त चर्चित कलाकार आउने भएका हुन् । शनिबार गायिका प्रिती आले, गायक सुनिल पण्डित,अन्जु कुश्मी र मोडल डान्सर अस्मिता पुरी आउने आयोजकले जनाएको छ ।
पौष ६ गते शुक्रबार उद्घाटन भएको महोत्सव पौष १६ गतेसम्म चल्नेछ । महोसत्वमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतीले दर्शकलाई भरपुर मनोरन्जन दिएको छ । गुलरिया नगरपालिका–८ कोठिया गाउँ नजिक (निलो आयल पेट्रोल पम्मको पुर्व पट्टि)लागेको छ ।




