बर्दिया,पौष ६ (माउण्टेनसमाचार) / यहाँको संस्कृति बचाउन, ब्रान्डिङ्ग र मार्केटिङको लागि प्रदेश सरकार उद्योग वाणिज्य संघसंग हातेमालो गर्न तयार रहेको लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले बताएका छन् । प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सव गुलरियाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै शुक्रबार मुख्यमन्त्री चौधरीले यस्तो बताएका हुन् । यहाँ विभिन्न किसिमका संस्कृतिहरु छन् । मेला महोत्सवले यहाँको विभिन्न किसिमका संस्कृतिको सन्देश दिएर जिल्लालाई चिनाउन सक्छन् । गाउँ गाउँमा सांस्कृतिक कार्यक्रम गरौं ।


कुन कुन गाउँमा के देखाउन सकिन्छ त्यसलाई ब्रान्डिङ्ग गरौं । ब्राडिङ्ग गरेको संस्कृतिलाई अगाडि बढाउनको लागि खर्च गर्न प्रदेश सरकार तयार छ । हामीले उत्पादनको कुरा गर्छौ । ठुला फ्याट्रि आउदैनन् भने गाउँलाई नै कसरी उद्योग बनाउने । हरेक घरमा ठुलो कुखुराको प्लानिङ्ग गर्नु भन्दा प्रत्येक घर घरमा दुई/दुई सय कुखुरा दिएर टेक्निकल सपोर्ट गरौं । त्यसैगरी बङगुर फर्म बनाउन हरेक घरलाई दश/दश वटा बङगुर दिएर त्यसलाई प्रवद्र्धन गरौ ।

त्यसैगरी केरा उत्पादनलागयतलाई प्राथमिकता दिउँ । अब ठुलो ठुलो कुरा गरेर देश चल्दैन । अब गाउँलाई नै कसरी उद्योग बनाउने त्यसको लागि बजेट छुट्याएको छ । अब महिलाहरुलाई आत्मनिर्भर बनाउन उद्योग वाणिज्य संघ, स्थानीय सरकार र प्रदेश सरकार मिलेर बढौं,त्यसमा प्रदेश सरकार तयार रहेको मुख्यमन्त्री चौधरीले सुनाए ।

अब प्रदेश सरकारले अर्को निर्णय गरिसकेको लुम्बिनी प्रदेशका मुख्य मन्त्री चौधरीले बताए । ‘जहाँ उद्योग हुन्छ, त्यहाँ बाटो पुग्छ’ मुख्यमन्त्री चौधरीले भने,‘जहाँ उत्पादन हुन्छ,त्यहाँ पैसा खर्च गरेर बाटो पु¥याउने हामीले तयारी गरेका छौं ।’
गुलरिया मुर्तिहा भन्सार खोलाउन भारतीय पक्षसंग कुरा गरेको छु । अब हुुने भारत भ्रमणमा गुलरिया मुर्तिहा भन्सार खुलाउने जोडतोड गर्ने मुख्यमन्त्रीले भनाई राखे ।

कार्यक्रममा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य एवं संघीय सांसद माननिय संजय गौतमले अब नेताले भाषण होइन काम गर्ने समय भएकोले बर्दियाको समग्र विकासका लागि इमानदारीपूर्वक एक हुनु पर्ने बेला आएको बताए।

कार्यक्रममा लुम्बिनी प्रदेश भौतिक तथा पूर्वाधार मन्त्री धर्म प्रकास चौधरी, लुम्बिनी प्रदेश नेपाली काङ्ग्रेस प्रमुख सचेतक माननीय जन्मजय तिमल्सिना, माननीय भुवनेश्वर चौधरी, माननीय राजकुमार चौधरी, गुलरिया नगरपालिका नगरप्रमुख मुक्तिनाथ यादव, मधुवन नगरपालिका नगरप्रमुख तेजबहादुर भाट र बाँसगढी नगरपालिका नगरप्रमुख खड्ग बहादुर खड्का लगायतको उपस्थिती रहेको थियो ।

आज उद्घाटन भएको महोत्सव पौष १६ गतेसम्म चल्नेछ ।




