• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

हरिबोलको राजीनामाबारे प्रचण्डले भनेः सम्बन्ध खराब छैन, उहाँलाई किन त्यस्तो लाग्यो

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ३, मंगलवार २१:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,पौष ३/ नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा उपमहासचिव हरिबोल गजुरेलले प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारबाट दिएको राजीनामाबारे छलफल भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफैले पदाधिकारी बैठक भएकाले राजीनामाको विषयबारे जान्नु आवश्यक रहेको बताएका थिए । ‘अध्यक्ष कमरेडले नै पदाधिकारी बैठक भएकाले यो विषयमा छलफल हुन राम्रै हुन्छ भन्नुभयो, त्यसमा अरु पदाधिकारीले पनि कुरा राख्नुभयो’, एक पदाधिकारीले भने ।

    ती पदाधिकारीका अनुसार, प्रधानमन्त्री प्रचण्डले गजुरेलसँग राम्रै सम्बन्ध रहेको बताएका छन् । ‘सम्बन्ध खराब छैन, तर उहाँलाई के त्यस्तो लागेर दिनुभयो’, बैठकमा प्रचण्डले भनेका थिए । राजीनामाको विषय बाहिर आइसकेकाले के गर्ने भन्ने निर्णय पार्टी बैठकले गर्नुपर्ने प्रधानमन्त्री प्रचण्डको आग्रह थियो । ‘बाहिर त गइसक्यो । अब फिर्ता गर्ने कि स्वीकृत गर्ने भन्ने कुरा उहाँकै उहाँकै कोर्टमा छ’, प्रचण्डको भनाइ उदृत गर्दै अर्का पदाधिकारीले भने ।

    अरु नेताहरुले भने यस्तो निर्णय लिदा सोचेर गर्नुपर्ने सुझाव दिएका थिए । अध्यक्ष प्रचण्ड र अरु नेताहरुले तर्क गरिरहँदा उपमहासचिव गजुरेलले भने प्रतिक्रिया जनाएनन् । उपमहासचिव गजुरेलले भने बैठकमा आफ्नो बोल्ने पालो नै नआएकाले केही प्रतिक्रिया दिन बाँकी रहेको बताए । ‘मेरो बोल्ने पालो नै आएको छैन, बोल्दा आफ्नो कुरा राखिहाल्छु नि’, गजुरेलले भने ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आजबाट सुरु भएको बैठकमा मुख्य एजेण्डा भने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को समीक्षा, विधान महाधिवेशन र केन्द्रीय कमिटी बैठक छन् । बैठकको पहिलो दिन तीन महिने अभियानका क्रममा भएका गतिविधिको रिपोर्टिङ भएको छ ।

    अभियान ८० प्रतिशत सफल भएको रिपोर्टिङ गरेका नेताहरुले पुराना कार्यकर्ता माओवादीमा नरहेको चिन्ता गरेका थिए । पार्टी सचिव देवेन्द्र पौडेलका अनुसार, पार्टीका आधा भन्दा धेरै पुराना कार्यकर्ता अभियानमा नभेटिएको नेताहरुले रिपोर्टिङ गरेका थिए ।साभार अनलाइनखबर

    Post Views: 196
    प्रकाशित मिति: २०८० पुष ३, मंगलवार २१:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.