• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

चुरे माध्यमिक विद्यालय बगनाहाको स्वर्ण उत्सव

  •  माउण्टेन संवाददाता
  • २०८० पुष ३, मंगलवार २०:४७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    विष्णु अधिकारी

    बर्दिया,पौष ३/बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३, जुडपानी बगनाहामा रहेको चुरे माध्यमिक विद्यालयले ५० औं बार्षिकोत्सव मनाएको छ । २०३० साल पौष ३ गते स्थापना भएको विद्यालयले विभिन्न आरोह अवरोहहरु पार गरि पाँच दशक सम्म निरन्तर रुपमा शैक्षिक जनशक्ति उत्पादन गर्नमा महत्वपुर्ण योगदान गर्दै आइरहेको छ ।

    स्वर्णोत्सव समारोहका प्रमुख अतिथी लुम्बिनी प्रदेश मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले विद्यालयले देशलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्नुका साथै समाज विकास र विभिन्न चरणका राजनीतिक आन्दोलन र परिवर्तनको पक्षमा नागरिकलाई पथ प्रर्दशन गर्न सफल भएकोमा शुभकामना दिनु भएको छ । शिक्षा आर्जन गर्ने पवित्र थलो चुरे माध्यमिक विद्यालय ठाकुरबाबाका विद्यार्थीहरुको आर्कषणको केन्द्र तथा लुम्बिनी प्रदेशको गर्व गर्न लायक सामुदायिक विद्यालय अन्तर्गत पर्ने बताउनु भयो । विगत देखि वर्तमान सम्म समय सापेक्ष शैक्षिक गतिविधि संचालन गर्दै आएकोमा कार्यहरुलाई निरन्तरता दिदै शिक्षाका नयाँ आयामहरुलाई अनुसरण गरी थप शिक्षा क्षेत्रलाई सुदृढ गर्न अगाडी बढ्नका लागि आफुले सक्दो सहयोग गर्ने बचन दिनु भएको छ ।

    कार्यक्रममा नेपाली काग्रेस संसदीय दलका प्रमुख सचेतक लुम्बिनी प्रदेश सदस्य जन्मजय तिमिल्सिनाले विद्याको मन्दिर स्थापना गर्ने समाजसेवी, शिक्षा प्रेमी, राजनैतिक सामाजिक अगुवाहरुको देनबाट आज चुरे माध्यमिक विद्यालयले शैक्षिक क्षेत्रमा फड्को मार्न सफल भएको बताउनु भयो । बर्दिया कृषि, पर्यटन र पर्यावरण लगायतका क्षेत्रहरुमा विकासका प्रचुर सम्भावनालाई शिक्षासँग जोडेर सबल जनशक्ति तयार गर्न सकेमा समृद्ध बर्दियाको नयाँ ढोका खोल्न सकिने कुरामा जोड दिनु भएको थियो ।

    विद्यालयको समुन्नतीको लागि मन, वचन र कर्मले समर्पित भई सहयोग गर्ने तिमिल्सिनाको प्रतिबद्धता छ । यसैगरि लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा कुश्मी थारुले बर्दिया जिल्लाको तेस्रो पुरानो शैक्षिक धरोहरको इतिहास बोकेको विद्यालयले आगामी दिनमा शिक्षामा सबैको पहुँच हुनेगरि समय सुहाउँदो क्षिक्षा दिन विद्यालय सफल हुने कुरामा आफु विश्वस्त रहेको बताउनु भएको छ ।

    प्रदेश सदस्य थारुले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तर सुधारका लागि प्रतिवद्धता जाहेर गर्नु भएको छ । कार्यक्रममा ठाकुरबाबा नगरपालिका नगरप्रमुख तिलकराम लम्सालले गुणस्तरीय शिक्षाको खोजीमा विदेशीने युवालाई देशभित्र प्राविधिक एवं व्यवहारिक शिक्षा प्रदान गर्ने दिशा तर्फ चुरे माध्यमिक विद्यालय अगाडी बढ्ने कुरामा आफु विश्वस्त रहेको बताउनु भयो ।

    उहाँले सामुदायिक विद्यालयको गुणस्तरमा सुधार ल्याउन अभिभावक, स्थानीय सरकार, विद्यालय ब्यवस्थापन समिति, शिक्षक, विद्यार्थीको सामुहिक प्रयास गरेमा सम्भव रहेको उहाँको भनाई छ । स्वर्ण जयन्ती समारोहमा  विद्यालयलाई आजको अवस्था सम्म ल्याई पु¥याउन रचनात्मक सहयोग गर्ने महानुभावहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा पालिका प्रमुखहरु, समाजसेवि, अभिभावक लगायतको उपस्थिती रहेको थियो ।

    Post Views: 170
    प्रकाशित मिति: २०८० पुष ३, मंगलवार २०:४७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.