बर्दिया,मंसिर ३०/ बर्दियामा लागूऔषधसहित एक जनालाई शनिबार बेलुकी सशस्त्र प्रहरी बलले पक्राउ गरेको छ ।

जिल्लाको बढैयाताल गाउँपालिका–२ फुटाहास्थित भारत बलैगाउँ हुँदै नेपालको सिमानामा प्रवेश गर्दा सशस्त्र प्रहरी बलले जाँच गर्दा १ ग्राम ५० मिलीग्राम ब्राउन सुगरसहित बढैयाताल गापा–८ का २५ वर्षीय भगन थारुलाई पक्राउ गरेको हो ।
थारुको साथबाट ब्राउन सुगर, साइकल एक थान र मोबाइल एक थान पक्राउ गरेको सशस्त्र प्रहरी बल, बढैयातालका सशस्त्र प्रहरी नायव उपरीक्षक मोहन केसीले बताए ।
उनलाई आवश्यक कारबाहीका लागि ईलाका प्रहरी कार्यालय मैनापोखर पठाइएको उनले जनाए ।साभार ईकान्तिपुर




