• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तर वैयक्तिक सञ्चार विभाग उद्घाटन

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार २१:२९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बुटवल, मंसिर २८ / अस्पतालमा चिकित्सक, बिरामी र बिरामीका आफन्तबीच बेला बखत हुने द्वन्द्वको व्यवस्थापनका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा अन्तर वैयक्तिक सञ्चार विभागको शुभारम्भ गरिएको छ। उपचारको क्रममा बिरामीहरूबाट आउने गुनासो सुनुवाइ गर्दै अस्पताल भित्रैका विभागहरूमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूबीच समन्वय बढाउन पनि अन्तर वैयक्तिक संचार विभागले सघाउ पुर्‍याउने छ।

    उक्त विभागको शुभारम्भ गर्दै अस्पतालका नर्सिङ प्रमुख ज्योति पौडेलले सेवाग्राहीबाट आउने गुनासाहरूको सम्बोधनसँगै एकअर्को विभागबीच समन्वय र सेवाको गुणस्तर बढाउन मद्दत मिल्ने बताइन्। यो विभागको सेवा लुम्बिनी प्रादेशिक अस्पतालमा मात्र नभई नेपालमै पहिलो पटक सुरू भएको पौडेलले बताइन्।

    अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुदर्शन थापाले द्वन्द्व व्यवस्थापनका निम्ति आशाको किरणको रूपमा शुभारम्भ गरिएको विभागलाई सहयोग गर्ने टिम तयार गरिएको बताए। विकसित मुलुकहरूमा मेडिकल क्षेत्रमा प्रवेश गर्दा नै बिरामीसँग कसरी बोली व्यवहार गर्नेबारे परीक्षा दिनुपर्ने भए पनि नेपालमा पाठ्यक्रम ल्याइएको भए पनि कोर्षमा नराखिनु मुख्य कमजोरी भएको बताए।

    डा. थापाले बिरामीलाई बुझ्ने वातावरण गराउने गरी शुभारम्भ गरिएको विभागमा निरन्तर तालिम सञ्चालन गर्दै अस्पतालका चिकित्सक, कर्मचारीहरूको व्यवहार परिवर्तन गरिने बताए। कार्यक्रममा वरिष्ठ चिकित्सक डा.श्रीधर आचार्यले अस्पतालबाट दिइने सेवा गुणस्तरीय भएपनि कामको चापकै कारण सेवाग्राहीलाई बढी समय दिन नसक्ने गुनासो आउने गरेको बताए।

    अस्पतालका सूचना अधिकारी डा. नेत्र बहादुर राना, प्रशासकीय प्रमुख राजेन्द्र जिसी, विभागका सदस्यसचिव माधुरी ज्ञवालीले अस्पतालबाट दिइने सेवा गुणस्तरीय भए पनि सेवा पछिको सञ्चारको अभावका कारण गुनासो आउने गरेको बताए। यसअघि अस्पतालमा मधुमेह क्लिनिक र महिला प्रसूति तथा बालबालिका ल्याब नमूना संकलन केन्द्र सेवा शुभारम्भ गरिएको थियो। लुम्बिनी प्रादेशिक अस्पतालमा दैनिक २ हजार बढी बिरामीले विशेषज्ञ चिकित्सकहरूबाट सेवा लिँदै आएका छन्।साभार सेतोपाटी

    Post Views: 211
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार २१:२९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.