• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

पक्राउ परेका नासुलाई छुटाइदिने भन्दै पत्रकारले पैसा लिएको आराेप

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार १९:४० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ, मंसिर २८ गते / भेपमार्फत सुन तस्करी प्रकरणमा पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भन्दै रकम लिएको आरोपमा एक पत्रकार पक्राउ परेका छन् । पक्राउ पर्नेमा पत्रकार डिल्ली पाण्डे रहेका छन् ।

    सीआइबी श्रोतका अनुसार भेपमार्फत् सुन तस्करी प्रकरणमा पक्राउ परेका नायब सुब्बा रेवन्त खड्कालाई थुनामुक्त गरिदिने भन्दै पत्रकार पाण्डेसहितको टोलीले करिब १ करोड रुपैयाँ ठगी गरेको आरोप लागेको छ । सीआइबीले पाण्डेसहित रितु राई र निरेश चौधरीलाई पक्राउ गरेको थियो ।

    सीआइबी श्रोतका अनुसार पाण्डेको भूमिका रकमको बार्गेनिङ गर्ने विषयमा भन्दा पनि समन्वय गर्ने विषयमा देखिएको र पाण्डेले रितु राईसँग मात्रै कुराकानी तथा कारोबार गरेको पाइएको हो । सीआइबीले राई र चौधरीलाई यसअघि नै सार्वजनिक गरिसकेको छ । यद्यपि पाण्डेको भूमिका के हो भन्ने स्पष्ट नभएकाले सीआइबीले सार्वजनिक गरेको छैन ।

    पाण्डेले पनि ठगीमा आफ्नो कुनै संलग्नता नरहेको र रितु राईसँग लेनदेन भएकाले आफूले लिनुपर्ने रकम मात्रै आफूले लिएको बताएका छन् । राईले पाण्डेलाई २७ लाख रुपैयाँ दिएको देखिएको सीआइबी श्रोतले बतायो ।

    सीआइबी श्रोतका अनुसार ठगीमा पाण्डेको संलग्नता हो कि होइन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ । पाण्डेले लिएको रकम पक्राउ परेका प्रतिवादीलाई छुटाइदिने भनेर लिएका हुन् कि रितु राईसँगको आर्थिक कारोबार मात्रै हो भन्ने सम्बन्धमा समेत अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ ।

    भेपमार्फत् तस्करी भएको ९ किलो सुन प्रकरणमा भन्सार कार्यालयका सुब्बा रेवन्त खड्कालाई काठमाडौँ जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो । पुर्पक्षका लागि थुनामा पुगेका खड्कालाई छुटाइदिने भन्दै भोजपुरकी रिता राईले रेवन्तका बुवामार्फत करिब १ करोड रुपैयाँ बुझेकी थिइन् । त्यही रकममध्ये २७ लाख रुपैयाँ पाण्डेले लिएको रितुले बयान दिएकी थिइन् । रितुकै बयानका आधारमा पाण्डेसमेत पक्राउ परेका हुन् । रातोपाटी

    Post Views: 349
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार १९:४०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.