• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बस्तीबीच अलकत्रा पोल्दा प्रदूषण

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार १०:०४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    सुर्खेत, मंसिर २८ गते / वीरेन्द्रनगरको मुख्य चोक मंगलगढीसँगै रहेको पुरानो बसपार्कमा अस्थायी क्रसर उद्योग र अलकत्रा पोल्न थालिएपछि बजार क्षेत्र दुर्गन्धित बन्न थालेको छ। क्रसरसँगै रत्न राजमार्ग जोडिएको छ। नजिकै प्रदेश टाफिक कार्यालय र बजार क्षेत्र छ।

    बजारको बीचमा रहेको यो प्रशोधन कार्यले यहाँका बस्ती र बजार नै धमिल्याएको छ। ‘कालो धुवाँको मुस्लो दैनिक घन्टौंसम्म निस्कन्छ, नाँक पिरो हुन्छ, आँखा पोल्छन्, सास फेर्न पनि अप्ठ्यारो हुन्छ’, नजिकैका एक व्यवसायीले सुनाए, ‘दुईचार दिनको लागि होला भनेर गाह्रो–अप्ठ्यारो सहेर बस्यौं, तर, वर्ष पुग्यो, क्रसर र अलकत्रा पोल्ने काम रोकिएन।’

    उक्त प्रशोधन कार्य रोक्नका लागि स्थानीय नवरोज बोहोराले जिल्ला प्रशासन कार्यालय सुर्खेतमा उजुरीसमेत दिएका छन्। जनस्वास्थ्यमै असर पुग्ने गरी वायु प्रदूषण भइरहेकाले त्यसउपर छानबिन गरी उक्त जग्गा खाली गराइपाऊँ भन्दै निवेदन दर्ता गरेका थिए।

    त्यसपश्चात् जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगर नगरपालिकालाई ‘स्वच्छ वातावरणमा बस्न पाउने जनताको मौलिक हक हनन नहुने गरी विकास निर्माण गर्नू-गराउनू’ भन्ने आदेशसहितको पत्राचार गरेको थियो, तर वीरेन्द्रनगर नगरपालिका कार्यालय भने बेमतलब भइरहेको देखिन्छ। ‘प्रशासनको पत्राचारपछि के गर्नुभयो ?’ भन्ने प्रश्नको जवाफमा नगर प्रमुख मोहनमाया ढकालले भनिन्, ‘त्यस्तो खासै केही छैन।’

    वीरेन्द्रनगर नगरपालिकाले मंगलगढी–गणेशचोक मुख्य सडक स्तरोन्नति गर्ने क्रममा प्रशोधन उद्योग सञ्चालन गर्न अनुमति दिएको थियो, तर त्यसका लागि लिखित अनुमति दिएको बारे नगरपालिका जानकार छैन। ‘अहिले दिएको छैन, पूर्व मेयरले बजारको बाटो बनाउन सामान राख्ने ठाउँ भनेर दिएको पत्र पाएका छौं’, उनले भने, ‘त्यसैका आधारमा अहिले काम भइरहेको हो।’ उनका अनुसार खड्का निर्माण सेवाले उक्त प्रशोधन कार्य गरिरहेको हो।

    त्यसयता नगरभित्रका सबैजसो बाटो कालोपत्रे गर्दासम्म त्यस क्षेत्रमै प्रशोधन गर्न भनिएको नगर प्रमुख भण्डारीले जानकारी दिइन्। उनका अनुसार चालु आर्थिक वर्षमा नगरभित्रका ४७ वटा भित्री सडक कालोपत्रे हुँदैछन्।

    ‘नगरभित्रै काम गर्न कुनै न कुनै ठाउँ त दिनुपर्‍यो, १०–१२ वटा बाटो कालोपत्रे भइसके, अब बाँकी सडकको काम सकिँदासम्म सञ्चालन हुन्छ’, नगर प्रमुख भण्डारीले भनिन्, ‘विरोध गर्नु त ठिकै हो, काम त गर्नैपर्‍यो। वातावरणसम्बन्धी विषय शतप्रतिशत ठिक छन्, तर नगरभित्रकै काम गर्न कहीं न कहीं त दिनैपर्‍यो।’ साभार नागरिक

    Post Views: 198
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार १०:०४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.