• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

आजबाट रास्वपाको प्रथम अधिवेशनको प्रक्रिया सुरु

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार ०९:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर २८ गते / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो प्रथम महाधिवेशन अन्तर्गत वडा स्तरको अधिवेशनको प्रक्रिया आजबाट सुरु गरेको छ।

    रास्वपाका प्रमुख सचेतक सन्तोष परियारका अनुसार मङ्सिर २८ गते सात प्रदेका वडा अधिवेशनबाट प्रथम महाधिवेशनको प्रक्रिया सुरु भएको हो।

    उनका अनुसार रास्वपाले आज सात वटै प्रदेशमा वडा अधिवेशन गर्दै महाधिवेशनको प्रक्रिया सुरु गर्न लागेको हो।

    रास्वपा केन्द्रीय समितिको गत मङ्सिर ११,१२ र १३ गते महोत्तरी बैठकले महाधिवेशनसम्बन्धि कार्यविधि र साङ्गठनिक संरचना पारित गरेको थियो। त्यही अनुसार रास्वपाले सातै प्रदेशमा वडा अधिवेशन गर्न लागेको हो।

    वडा अधिवेशन सम्पन्न गर्न रास्वपाले आफ्नो प्रतिनिधिहरू खटाइसकेको छ।

    रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारलाई गण्डकी प्रदेशमा खटाइएको छ। कोशीमा केन्द्रीय सदस्य विजय जैरुलाई खटाएको छ। पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठलाई मधेस प्रदेशमा खटाइएको छ।

    महामन्त्री मुकुल ढकाललाई बागमती प्रदेशको जिम्मेवारी दिइएको छ।

    Post Views: 212
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार ०९:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.