• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जलवायुबारे डिजिटल नक्सा तयार गरिने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २८, बिहीबार ०९:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर २८ गते / नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले देशैभर जलवायुको अवस्थाबारे अध्ययन गरी मानचित्र (डिजिटल नक्सा) तयार गर्ने भएको छ । त्यसका लागि सार्क राष्ट्रका कृषि वैज्ञानिकहरू नेपालमा छलफलमा जुटेका छन् । 

    वैज्ञानिकले तयार गर्ने सो नक्सामार्फत एक क्लिकमा आफूले चाहेको ठाउँको जलवायुको अवस्था थाहा पाउन सकिन्छ । यो एक क्लिकले नेपालको मात्र होइन, सार्क राष्ट्रकै जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ । जलवायुले धान, गहुँ, मकै, मसुरो, दलहन, तेलहन, तरकारी, माछा तथा फलफूललगायतका बालीमा पारेको प्रभावबारे अध्ययन गरी नक्सा तयार गर्ने छ ।

    कृषि क्षेत्रमा बढ्दै गएको जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न यो डिजिटल मानचित्रले भूमिका खेल्ने नार्क अन्तर्गतका राष्ट्रिय कृषि वतावरण अनुसन्धान केन्द्रका प्रमुख एवं वरिष्ठ वैज्ञानिक अमरबहादुर पुनले बताउनुभयो । यो परियोजना नेपालमा मात्र होइन, सार्कस्तरीय सबै देशमा लागु हुने उहाँले बताउनुभयो ।

    अमेरिकाको बिल गेट्स फाउन्डेसनको आर्थिक सहयोगमा भारतको बिसा सिमिटले यो आयोजना सञ्चालन गरेको हो । सार्कस्तरीय एउटा छुट्टै वेबसाइट हुन्छ, जसमा सार्क देशका एउटा डिजिटल नक्सा राखिएका हुन्छ । त्यसबाट पनि आआफ्नो देशको जलवायुको अवस्थाबारे जानकारी लिन सकिन्छ । त्यसबाहेक देश अनुसार फरक फरक वेबसाइट हुन्छ, त्यसमा आआफ्नो देशको जलवायुको नक्साङ्कन गरी राखिने उहाँले जानकारी दिनुभयो ।

    त्यो नक्सामा जलवायुको जानकारी मात्र होइन, त्यसको समाधान पनि राखिने उहाँले बताउनुभयो । कुनै जिल्लाको एक गाउँको जलवायुको अवस्था कस्तो छ भनी थाहा पाउनलाई नक्सामा क्लिक गरेपछि हुन्छ । त्यहाँ जलवायुको अवस्थाबारे जानकारी दिनुका साथै त्यसको समाधान र उपायबारे पनि लेखिएको हुन्छ । धान काट्ने बेला, तरकारी लगाउने बेला, गहुँ छर्ने बेला, पानी पर्ने बेलालगायतका हावापानीको नक्साङ्कन गरिएका हुन्छन् । जसले गर्दा किसानलाई बाली लगाउन सजिलो हुने विश्वास लिएको केन्द्र प्रमुख पुनले जानकारी दिनुभयो ।

    जलवायु परिवर्तनका कारण कृषिमा निकै क्षति हुने गरेको छ । मौसमबारे समयमा जानकारी नहुनु, हावापानीबारे किसान तथा अन्य सरोकारवालालाई समयमा जानकारी नहुँदा धनजनको क्षति हुने गरेको छ । त्यसलाई न्यूनीकरणका लागि सार्कस्तरीय आयोजना सुरु भएको छ । यो आयोजना तीन वर्षका लागि सुरु गरिएको छ । तीन वर्षमा सबै अध्ययन गरी वेबसाइटमा नक्सा राखेर सञ्चालनमा ल्याइने उहाँले बताउनुभयो ।

    त्यसको तयारीका लागि दुई दिनदेखि दक्षिण एसियाली सहयोग सङ्गठन (सार्क) का कृषि वैज्ञानिकको सम्मेलन नेपालमा भइरहेको छ । सो सम्मेलनमा भारत, बङ्गलादेश, श्रीलङ्का र नेपालका कृषि वैज्ञानिक सहभागी छन् ।

    सम्मेलनले जलवायु परिवर्तनले कृषि तथा पशुपन्छी क्षेत्रमा पारेको असर न्यूनीकरण र अनुकूलनताका उपायबारे छलफल गरिरहेको नार्कका कार्यकारी निर्देशक डा. ध्रुवराज भट्टराईले जानकारी दिनुभयो । जलवायु परिवर्तनका कारण सार्क राष्ट्रमै कृषिमा चुनौतीमा थपिएको निष्कर्ष निकाल्दै यसका लागि संयुक्त रूपमा लड्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।  साभार गोरखापत्र

    Post Views: 169
    प्रकाशित मिति: २०८० मंसिर २८, बिहीबार ०९:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.