• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

ठाकुरबाबामा पालिका स्तरीय बालिका सशक्त परियोजना अन्र्तगत प्रारम्भिक परिचयात्मक कार्यक्रम

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २७, बुधबार २०:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २७/ठाकुरबाबा नगरपालिकामा पालिका स्तरीय बालिका सशक्क्त परियोजना अन्तरगत प्रारम्भिक परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको साझेदारीमा बुधबार सम्पन्न गरिएको हो । कार्यक्रममा बालिका सशक्क्त परियोजनाको उद्देश्य, क्रियाकलाप, परिणामबारे छलफल गरिएको छ ।

    साथै प्लान इन्टरनेशनल नेपाल र राधाकृष्ण थारु जनसेवा केन्द्रको पृष्ठभुमि, उद्देश्य, संस्थागत संरचना, संचालित कार्यक्रमहरु, परियोजनाको परिकल्पना, बिषयगत क्षेत्रहरुको बारेमा परियोजना संयोजक मनोज पौडेलले सक्षिंप्त जानकारी दिनुभयो । परियोजना बर्दियाको ठाकुरबाबा, बारबर्दिया, राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका २१ वटा विद्यालयमा संचालनमा रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रका पौडेलले बताउनुभयो । सम्पुर्ण वालबालिका, किशोरकिशोरीहरुलाई लक्षित गरि सन् २०२३ अप्रिलदेखि २०२५ जुनसम्म परियोजना संचालनमा रहने उहाँले बताउनुभयो ।

    बालिका सशक्क्त परियोजनाले एक बर्षको अवधिमा गरिने क्रियाकलापको बारेमा छलफल गरिनुका साथै सहभागिहरुबाट सल्लाह, सुझाव संकलन गरी आगामि दिनमा नगरपालिका शाखागतका प्रमुख तथा वडासँग समन्वय गरी कार्यक्रमहरु गर्ने निर्णय पारित भएको समेत बताउनुभयो । ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना कुमारी भट्टराईले पालिका स्तरीय बालिका सशक्क्त परियोजना शुभारम्भ गरेकोमा राधाकृष्ण थारु जनसेवा केन्द्रलाई धन्यवाद दिदै छलफलमा उठेका, बिषय वस्तु तथा सल्लाह, सुझावलाई संशोधन गरेर मात्र कार्यन्वयन गर्न सकिने बताउनु भएको छ ।

    ठाकुरबाबा नगरपालिकाका उपप्रमुख बिना कुमारी भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत रामहरि रिजाल, ठाकुरबाबा नगरपालिका वडा नम्बर १ देखि ७ नम्बर सम्मका वडाअध्यहरु, स्वास्थ्य शाखा प्रमुख, साझेदारी संस्था, विषयगत शाखाका प्रमुखहरुको उपस्थिती रहेको राधाकृष्ण थारु जनसेवा केन्द्रकी फिल्ड सुपरभाइजर उमा पौडेलले जानकारी दिनुभयो । यसैगरी कार्यक्रम यसअघि मंसिर ११ गते बर्दियाको बारबर्दिया नगरपालिका, १२ गते गेरुवा गाउँपालिका तथा १७ गते राजापुर नगरपालिकामा समेत प्रारम्भिक परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ ।साभार टाइगरखबर

    Post Views: 182
    प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार २०:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.