• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियाको अग्रणी शैक्षिक संस्था चुरे मावि बगनाहाको स्वर्ण महोत्सव पौष ३ गते हुने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २७, बुधबार २०:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २७/बर्दियाको ग्रामीण क्षेत्र ठाकुरबाबा नगरपालिका -३ बगनाहमा रहेको चुरे माध्यमिक विद्यालयले ५०औँ वार्षिकोत्सब अर्थात स्वर्ण महोत्सव भव्य र सभ्य रुपमा मनाउने भएको छ । विक्रम संम्वत २०३० सालमा स्थापना भएको  चुरे माध्यमिक विद्यालयले यहि पौष ३ गते ५० औँ वार्षिकोत्सब अर्थात स्वर्ण महोत्सव मनाउने भएको हो ।

    विद्यालयको वार्षिकोत्सब तथा स्वर्ण महोत्सवको अवसरमा विद्यालयमा मंसिर २९ गतेदेखि पौष ३ गतेसम्म विभिन्न कार्यक्रमहरुको आयोजना गरिने भएकाले सम्पूर्ण शिक्षक, अभिभावहरु, पूर्व विद्यार्थीहरु, पूर्व शिक्षकहरु, शिक्षाप्रेमी, बुद्धिजीवि तथा सम्पूर्ण विद्यार्थीहरुलाई उपस्थितिका लागि विद्यालय प्रशासनले आग्रह गरेको छ ।

    स्वर्ण महोत्सवलाई भव्य र सभ्य रुपमा सफल पार्नका लागि स्वर्ण महोत्सव मुल समारोह समितिका संयोजक अर्थात वडा नम्बर ३ का वडा अध्यक्ष श्रीकृष्ण थारुको अध्यक्षतामा मङगलबार बैठक बसी बिभिन्न गाउँका बडघर तथा शिक्षकहरुबीच  छलफलसमेत गरिएको छ । २०३० साल पौष ३ गते स्थापना भएको चुरे माध्यमिक विद्यालयको यहि पौष ३ गते मंगलबार ५० वर्ष पुग्न लागेको अवसरमा विद्यालयले विविध कार्यक्रमसहित स्वर्ण महोत्सव मनाउन लागेको जानकारी दिएको छ । विद्यालयले स्वर्ण अवसर पारेर  यहि मंसिर २९ गतेको दिन आन्तरिकका लागि गुबरा फोर, चम्चा दौड ,दौड तथा बोरा दौड यस्तै मंसिर ३० गते शिक्षक भलिबल प्रतियोगिता कुर्सी दौड लगायत विविध कार्यक्रमहरु हुने भएको छ ।

    विद्यालयको ५० औँ वार्षिकोत्सब लागि ९ लाख ३५ हजार भन्दा बढी रकम संकलन भैसकेको छ । विद्यालयका प्रधानाध्यापक राजेश यादवका अनुसार चुरे पुर्व विद्यार्थीहरूबाट हालसम्म ९ लाख ३५ हजार ९ सय ६ रुपैयाँ रकम उठेको छ भने विभिन्न संघसंस्था र शिक्षाप्रेमी व्यक्तिहरुबाट घोषणा भएको २ लाख ७८ हजार रुपैयाँ उठ्न बाँकी रहेको छ ।

    संकलन गरिएको रकमबाट झण्डै १ लाख ५२ हजार रुपैयाँ बार्षिकोत्सवका लागि खर्च भइसकेको चुरे माविका प्रधानाध्यापक यादवले जानकारी दिनुभयो । वार्षिकोत्सबका अवसरमा पौष ३ गते चुरे माध्यमिक विद्यालय बगनाहमा वृहत रक्तदान कार्यक्रमको आयोजना पनि गरिने भएको छ ।साभार टाइगरखबर

    Post Views: 224
    प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार २०:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.