• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कृषि कार्यालयले नदेखेका गुलरियाका तरकारी उत्पादक किसान

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २७, बुधबार २०:२३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २७/गुलरिया नगरपालिका वडा नम्बर ७ का शिवराम लोनियाले व्यवसायिक तरकारी खेती गर्न थालेको २५ वर्ष भयो । तर पनि अवस्था सुध्रिएको छैन । करिब १५ कठ्ठा जग्गामा तरकारी खेती गरेको लोनियालाई आधुनिक कृषीगर्ने तरिका बारे कुनै ज्ञान छैन । तालिमको अभाव र अन्य सिपको कमीले परिवार पाल्नलाई भएपनि उहाँ जानीनजानी परम्परागत तरिकाले तरकारी लगाउँनु हुन्छ ।

    Ban

    तर मौसमी तरकारी लगाउने कति पटक त विउ तथा मौसम बारे जानकारी नपाउँदा पटक पटक तरकारी नै उत्पादन भएन । उहाँ भन्नुहुन्छ, “नत कसैले तालिम दिएको छ, नत बत्तिको सुविधा, नत बाटोको सुविधा छ । मलविउ आपुर्ति त परको कुरा हो । जसको बावजुत पनि परिवार चलाउन यहि तरकारी खेती गरि गुलरियाको हाट बजारमा लगि बेच्ने गरेको छु ।” उहाँको छोरा विनोद लोनियाको कथा पनि उस्तै छ ।

    मेहनत धेरै छ तर आम्दानी एकदम थोरै छ, तरकारी बेचेर बचत कता हो कता लगानी उठाउन पनि गाह्रो छ । विनोदले भन्नुभयो, विदेश जाने सोंच बनाएको थिए । रकम अभावकै कारण विदेश गईन । तरकारी खेतीमै भविष्य खोज्न थालेको छु । तरकारी उत्पादनमा लाग्ने मिहनेत, महँगो मल, विउ तथा सिचाईको असुविधा लगायतको समस्या झेल्दाझेल्दै पनि व्यवसायिक तरकारी पेशातर्फ मोडिनु प¥यो ।

    गुलरिया ७ बदलुपुर गाँउका थुप्रै महिला तथा पुरुष युवा वर्ग व्यवसायिक तरकारी गर्न खोजेपनि उक्त स्थानमा कुनैपनि सुविधा तथा सरकारको नजर पर्न नसकेका कारण बाहिर गई मेहनत मजदुरी गर्न बाध्य रहेको अर्का किसान महेश लोनियाको गुनासो छ । “न कुनै तालिम हामीलाई छ न त सरकारी अनुदान तरकारी बेचेर तरकारीमै लगाउछौं, उहाँ थप्नु हुन्छ, “कति नै फाइदा होस र घरका सवै परिवार सदस्य दिनभरि बारीमै हुन्छौं तर परिवारलाई खान पुगेपनि छोराछोरीलाई राम्रो शिक्षा दिन यो तरकारी खेतीले नसकिने अवस्था छ, यो त बत्तिमुनीको आँध्यारो भएन र ?” उहाँको प्रश्न छ ।

    सरकारी अनुदानमा समेत हामीलाई समावेश नगरेको र ठुलाबडा भनाउँदाहरुकै मानिसले उक्त अनुदानमा सधै पहुँच राख्ने गरेको उहाँको गुनासो छ । बदलुपुरका लोनिया समुदायका किसानहरु धान बाली लगायत अन्य बाली कमले मात्र लगाउने गरेका छन । धान मकै तोरी खानका लागी पुग्ने भएपछि आम्दानी होला र परिवार पाल्न तथा छोराछोरी पढाउन सहज होला भनि उनिहरु व्यवसायिक तरकारी खेती अपनाएका हुन । तरकारी खेतीमा मल विउ तथा सिचाईको सहज पहुँच स्थानिय सरकारले गरेको भए ती कृषकहरु ऋझ बढी आम्दानी गर्न सक्ने देखिएको छ । २५ औं वर्ष देखी तरकारी खेत गर्दै आएका कृषकहरुले अझै सम्म विजुली बत्ति तथा सडक संजालको समेत तयार गर्न नसकेको उनिहरुको दुखेसो छ ।

    व्यवसायिक तरकारी खेती गर्ने कृषकका लागी आधुनिक कृषी यन्त्र, तालिम, मल विउ लगायतका क्षेत्रमा सहुलियत दिन सके व्यवसायिक तरकारी खेती बाटै जिवन सुखमय बनाउन सक्ने नन्दुराम लोनियाको भनाई छ । गुलरिया नगरपालिकामा कतिपय वडामा सवैकुराको सहज पहुँचले व्यवसायिक तरकारी खेती बाटै प्रगति गरेका उदाहरण पनि नभएको होइन तर स्थालगत रुपमा हेर्दा बुझदा बदलुपुरका लोनिया समुदायले भने कुनैपनि सहयोग विना परम्परागत र अरुको देखासिकीका आधारमा संघर्ष गरि तरकारी खेती गर्न बाध्य छन । सदरमुकाम संगै जोडिएको गाँउमा तरकारी खेती गरिरहेका कृषकको मर्का बुझी राज्यले मलविउमा अनुदान तथा लगानी गरिदिने संघसंस्था संग उनिहरुलाई जोडी सक्ने सहयोग गर्न आवश्यक देखिएको छ ।साभार चुरेकुञ्ज

     

     

    Post Views: 232
    प्रकाशित मिति: २०८० मंसिर २७, बुधबार २०:२३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.