• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अभियुक्तलाई छुटाउने भन्दै ठगेको आरोपमा बर्दियाका चौधरीसहित दुई जना पक्राउ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २६, मंगलवार २१:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २६/ भेपमा लुकाएर तस्करी गरी ल्याएको नौ किलो सुन चोरी गरेको मुद्दामा पुर्पक्षको लागि थुनामा रहेका व्यक्तिलाई छुटाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई जनालाई पक्राउ गरेको प्रवक्ता एवं एसपी नवराज अधिकारीले बताए । भोजपुर घर भई नागार्जुन नगरपालिका–१ रानीवन बस्ने २६ वर्षीय रितु राई र बर्दिया घर भई रानीवन बस्ने २१ वर्षीय निरेश चौधरी पक्राउ परेका छन् ।

    उनीहरूले पुर्पक्षको लागि जगन्नाथदेवल थुनामा रहेका वीरेन्द्रनगर नगरपालिका–५ घर भएका रेवन्त खड्काको मुद्दा मिलाइदिने बताएका थिए ।
    रेवन्तलाई छुटाइदिन्छु भन्दै उनका बुवा अमर बहादुरबाट पटक–पटक गरी ९९ लाख ७५ हजार रुपैयाँ लिएको आरोप छ । यसरी पैसा लिएर ठगी गरेको उजुरीपछि ब्युरोले सोमबार दुई जनालाई पक्राउ गरेको हो ।

    राई र चौधरीमाथि आपराधिक विश्वासघात तथा ठगी मुद्दामा अनुसन्धान अघि बढाएको छ । रेवन्त त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा थिए । उनी विमानस्थलमा कार्यरत रहँदा २०७९ पुस १० गते फ्लाई दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले लगेजमा भेपमा सुन लुकाएर ल्याएका थिए ।

    भेप जफत भएको र त्यसभित्र सुन रहेको थाहा पाएपछि रेवन्त लगायतले मिलेर सुन चोरी गरेको आरोप छ । उक्त नौ किलो सुन ६ करोड रुपैयाँमा भारतीय व्यापारीलाई बेचेको खुलेको थियो । जसबापत रेवन्तले बैंकमा ६५ लाख र १० लाख रुपैयाँ नगद नै लिएको ब्युरोको अनुसन्धानबाट खुलेको थियो ।
    उनीसहित चोरीमा संलग्न व्यक्तिहरूलाई प्रहरीले आपराधिक विश्वासघात र संगठित अपराध कसुरमा मुद्दा चलाएको थियो ।

    त्यस कसुरमा काठमाडौं जिल्ला अदालतले पुर्पक्षको लागि थुनामा पठाएको थियो । यही मुद्दामा ब्युरोले पुरक अनुसन्धान गरी पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महराको संलग्नता देखिएको भन्दै पक्राउ गरेको थियो । हाल उनी पनि पुर्पक्षको लागि थुनामा छन् । साभार सेतोपाटी

    Post Views: 445
    प्रकाशित मिति: २०८० मंसिर २६, मंगलवार २१:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.