• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

युक्रेनी सेनाको नियन्त्रणपछि सम्हालिन सकिरहेको छैन प्रतीकको परिवार

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २६, मंगलवार २१:३८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    दाङ, मंसिर २६/दाङका तिलकुमारी पुनका २३ वर्षीय छोरा प्रतीक पुन मंसिर १६ गतेयता युक्रेनी सेनाको नियन्त्रणमा छन्। गत असारमा रसिया गएका प्रतीक तीन महिनाअघि सेनामा भर्ती भएका थिए। रोल्पाको रुन्टिगढीबाट दाङमा बसाइ सरेका तिलकुमारीको परिवारले ज्यालादारी मजदुरी गर्दै गुजारा गर्दै आएको थियो। प्रतीक विद्यार्थी भिसामा असार ७ गते रसिया गएका थिए।

    मिर्गौलाका रोगी बुवाको ४६ वर्षको उमेरमा मृत्यु भएपछि परिवारको जिम्मेवारी तिलकुमारी र प्रतीकले उठाएका थिए। बुवाको उपचारमा लागेको ऋण तिर्न हम्मेहम्मे परेपछि प्रतीक विदेशमा काम गर्न जाने तयारीमा थिए। पोर्चगुलको भिसा रिजेक्ट भएपछि उनी पढ्न र काम गर्न भन्दै रसिया हानिएका थिए।

    ‘मिर्गौला ड्यामेज भएर ४६ वर्षमा बुवा बित्नुभयो। ३ वर्ष डायलाइसिस गरियो। उपचारका क्रममा ऋण लाग्यो। त्यही ऋणका कारणले भाइ यस्तो अवस्थामा पर्‍यो’, प्रतीककी दिदी समीक्षा बुढाले भनिन्, ‘३५ लाख जति ऋण छ।’ तिलकुमारीका तीन छोरी र एक छोरा छन्। प्रतीकले सुरूआतमा सेनामा भर्ती भएको परिवारलाई खबर गरेका थिएनन्। पछि कात्तिक महिनामा सेनाको पोशाकमै भिडिओ कल गरेपछि मात्र परिवारले सेनामा भर्ती भएको थाहा पाएको थियो।

    प्रतीक सेनामा भर्ती भएको थाहा पाएपछि उनका मामाहरूले रसियामा जोखिम रहेको भन्दै फिर्ता आउन भन्दै आमा तिलकुमारीमार्फत् दबाब दिएका थिए। ‘दलालको नम्बर दे। कहिले के हुन्छ के हुन्छ भनेको थिएँ। कलेजमा पढ्छु, काम लगाइदिन्छ रे कलेजले भनेको थियो’, आमा तिलकुमारीले भनिन्, ‘रसियामा गाह्रो छ, बाह्रैमास लडाइँ हुन्छ रे भनेर उसका मामाहरूले भने। मैले मामाले पीर मानेको छ। आइज भनेको थिएँ। उसले आएको मान्छे फर्किन्नँ भन्यो।’

    तिहारअघि प्रतीकले परिवारलाई पैसा पठाउने वचन दिएका थिए। प्रतीककी बहिनी विपना पुनले भनिन्, ‘मंसिर १६ गते शनिबार भिडिओमा ठाउँ सर्न लागेको भनेको थियो। त्यसपछि कुरै भएको छैन।’ युक्रेनी नियन्त्रणमा रहेका प्रतीकले छिट्टै युद्ध खतम हुने आशामा आफूजस्तै नेपालीहरू सेनामा भर्ती भइरहेको उल्लेख गर्दै रसियन सेनामा भर्ती नहुन आग्रह गरेका छन्।साभार सेतोपाटी

    Post Views: 297
    प्रकाशित मिति: २०८० मंसिर २६, मंगलवार २१:३८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.