• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नेपाल भारतसँग पराजित हुँदै समूह चरणबाटै बाहिरियो

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २६, मंगलवार २१:२४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २६/ नेपाल एसिसी यू-१९ एसिया कपमा भारतसँग १० विकेटले पराजित हुँदै समूह चरणबाट बाहिरिएको छ । नेपाल समूह ए मा तीनै खेलमा हारका साथ समूह चरणबाटै घर फर्किने भएको छ । जितको लागि ५३ रनको विजयी लक्ष्य पछ्याएको भारतले ७.१ ओभरमा कुनै विकेट नगुमाउँदै पूरा गर्यो । आर्शिन अतुल कुलकर्णी ३० बलमा १ चौका र ५ छक्कासहित ४३ रनमा अविजित रहे । आदर्श सिंह १३ बलमा २ चौकासहित १३ रनमा नट आउट रहे । नेपालका कुनैपनि बलरले विकेट लिन सकेनन् ।

    त्यसअघि आइसिसी एकेडेमी ओभल २ मा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल २२.१ ओभरमा ५२ रनमा अल आउट भएको थियो । नेपाललाई सस्तैमा अल आउट गर्न भारतका तीव्र गतिका बलर राज लिम्बानीले सर्वाधिक ७ विकेट लिएका थिए । नेपालका कुनैपनि खेलाडीले १० रन बनाउन सकेनन् । नेपालका लागि हेमन्त धामीले १८ बलमा १ चौकासहित सर्वाधिक ८ रन बनाएका थिए । नेपालले भारतीय तीव्र गतिका बलर सामु रन जोड्न सुरुवात देखीनै संघर्ष गरेको थियो । सिनियर टोलीबाट खेली सकेका दुई प्रमुख ब्याटर देव खनाल २ र गुलशन झा ४ रनमा आउट भए ।

    भरपर्दा ब्याटर अर्जुन कुमाल ७ रनमा आउट भएका थिए । दीपक बोहरा १, उत्तम थापामगर डक, दीपक प्रसाद डु्रमे गोल्डेन डक, दीपक बोहरा ७, दीपेश कँडेल ४, सुवास भण्डारी २ र आकाश चन्दले ४ रन बनाए । भारतका तीव्र गतिका बलर राज लिम्बानीले ९.१ ओभरमा ३ मेडनसहित १३ रन खर्चेर ७ विकेट लिए । शुक्लाको नाममा २ विकेट रह्यो । नेपाल पहिलो खेलमा पाकिस्तानसँग ७ विकेट र दोस्रो खेलमा अफगानिस्तानसँग ७३ रनले पराजित भएको थियो ।

    नेपाल समूह ए मा सबै खेलमा हारका साथ बाहिरिएको हो । नेपालले लगातार दोस्रो पटक यू१९ एसिया कपमा जित विहीन हुँदै बाहिरिएको हो । २०२१ मा पनि नेपाल जित विहीन हुँदै बाहिरिएको थियो ।

    नेपालले अव आगामी महिना हुने यू१९ विश्वकपको तयारी गर्नेछ । विश्वकप १९ जनवरी देखी ११ फेब्रअरी सम्म दक्षिण अफ्रिकामा हुनेछ । नेपाल जनवरी पहिलो साता दक्षिण अफ्रिका जाने सम्भावना छ । नेपालको समूह डी मा न्युजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् । विश्वकप अघि नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल्नेछ ।साभार हाम्रोखेलकुद

    Post Views: 222
    प्रकाशित मिति: २०८० मंसिर २६, मंगलवार २१:२४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.