• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नगरस्तरीय छैठौँ राष्ट्रिपति रनिङ्गशिल्ड : त्रिभुवन नमुना मावि भुरिगाउँ यसवर्ष पनि प्रथम

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २५, सोमबार १९:२५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया,मंसिर २५ / बर्दियाको ठाकुरबाबा नगरपालिकामा हरेक वर्ष संचालन हुने नगरस्तरिय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगितामा वडा नम्बर १ भुरिगाउँमा रहेको त्रिभुवन नमुना माध्यामिक विद्यालयले लगातार चार वटा संस्करण जीत हासील गरेको छ । ठाकुरबाबामा जारी नगरस्तरीय छैठाँै राष्ट्रिपति रनिङसिल्डको उपाधि यस बर्ष पनि त्रिभुवन नमुना माध्यामिक विद्यालय भुरिगाउँले जीत हासिल गर्न सफल भएको विद्यालयका प्रधानाध्यापक बामदेव ढकालले जानकारी दिनुभयो ।

    खेलकुद प्रतियोगितामा ११ स्वर्ण, ५ रजत र ६ कास्य पदकसहित राष्ट्रपति तथा नगरस्तरीय छैठौँ रनिङ शिल्डको उपाधि त्रिभुवन नमुना माध्यामिक विद्यालय भुरिगाउँले जितेको हो । प्रथम हुनेले शिल्डसहित नगद २५ हजार पुरस्कार पाएको छ । यस्तै प्रतिस्पर्धामा ठाकुरबाबा नगरपालिका वडा नम्बर २ प्रतापुरमा रहेको बर्दिया एजुकेशनल एकेडमी नेपालले १० स्वर्ण, ५ रजत र २ कास्य पदक सहित द्धितीय स्थान हात पारेको छ । भने ५ स्वर्ण, ७ रजत र १ कास्यसहित ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ बगनाहामा रहेको चुरे माध्यामिक विद्यालयले तृतिय स्थान हात पारेको छ ।

    त्रिभुवन नमुना माविले लगातार चार वर्ष रनिंङ शिल्डको उपाधि जितेको छ । खेल अवधिभर उत्कृष्ठ खेल खेल्ने खेलाडिहरुलाई पनि सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । आधारभुत विद्यालय तर्फ छात्र/छात्रा तर्फ ५ वटा खेलका १० वटा इभेन्टमा भएको खेलमा ३ वटा स्वर्ण १ रजत पदक सहित हिमालय आधारभुत विद्यालय मिर्चैया प्रथम हुन सफल भएको छ ।

    यसैगरि ३ वटा स्वर्ण ३ कास्य पदक सहित सारदा आधारभुत विद्यालय शाहिपुर द्धितीय र १ वटा स्वर्ण २ रजत र २ काश्य पदक सहित भेरी पब्लिक स्कुल बकुवा तृतिय भएको नगर शिक्षा युवा तथा खेलकुद विकास समितीकी प्रमुख सिता भण्डारीले जानकारी दिनुभयो । खेलकुद गतिविधिको अभिन्न अंग भएकाले विद्यार्थीहरुका प्रतिभा देखाउनका लागि खेलकुद प्रतियोगिता संचालन गरिएको हो । ठाकुरबाबा नगर खेलकुद विकास समितीका संयोजक टेक बहादुर बडुवालको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बर्दिया जिल्ला समन्वय समितीका प्रमुख सुर्य बहादुर विष्टको प्रमुख आथिथ्यता रहेको थियो ।

    समापन कार्यक्रममा ठाकुरबाबा नगरपालिकाका सम्पुर्ण वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरु, विद्यार्थी तथा अभिभावकहरुको उल्लेखिय उपस्थिती रहेको थियो । हरेक वर्ष संचालन भइरहने नगरस्तरीय राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगीता यसवर्ष मंसिर १८ गतेदेखि सुरु भएको थियो । ठाकुरबाबा नगरपालिका नगर कार्यपालिका, शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना तथा जगदम्बा माध्यामिक विद्यालयको आतिथ्यतामा वडा नम्बर ८ को मढेलामा नगरस्तरीय छैठौँ राष्ट्रिपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गरिएको राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता संचालन मुल समितिका संयोजक टेक बहादुर बडुवाल सिंजापतीले जानकारी दिनुभयो ।

    नगपालिका भित्रका सामुदायिक र संस्थागत गरि १८ वटा माध्यामिक विद्यालयका विद्यार्थीहरुले मार्चपास सलामी मा सहभागिता जनाएका थिए । प्रतियोगितामा ठाकुरबाबा नगरपालिका ३ बग्नाहको चुरे माध्यामिक विद्यालयल प्रथम भएको थियो । भने वडा नम्बर ८ मढेलाको जगदम्बा माध्यामिक विद्यालय दोस्रो तथा शिव सुन्दर मावि सुन्दरपुर तितृय हुन सफल भएको थियो ।साभार टाइगरखबर

    Post Views: 209
    प्रकाशित मिति: २०८० मंसिर २५, सोमबार १९:२५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.