• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

कुम्भर अड्डामा बेपत्तायोद्धा स्मृति स्तम्भ उद्घाटन

  •  बिष्णु अधिकारी
  • २०८० मंसिर २४, आईतवार २१:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बारबर्दिया, मंसिर २४ गते / बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर १० मा रहेको कुम्भर अड्डामा बेपत्ता तथा शहिद परिवारको सम्झनामा स्मृति दिवस मनाइएको छ । डिसेम्बर १० अन्तराष्ट्रिय मानव अधिकार दिवस कुम्भर अड्डा वेपत्ता योद्धा स्मृति स्तम्भ उद्घाटन र स्मृति भित्ता शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।

    Gulariya mela

    कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य एवं नेकपा (माओवादी) संसदिय दलका नेता जोग बहादुर महराले नेपालमा समानुपातिक, समावेशी, धर्म निरपेक्ष संघीय लोकतन्त्र स्थापना गर्न आफ्नो ज्यानको बलिदान दिने सहिदहरुको सम्झनामा वेपत्ता स्मृति स्तम्भ उद्घाट्न गरिएको बताउनु भएको छ । २०६३ मंसिर ५ सम्म देशभर चलेको जनयुद्धको क्रममा बर्दियामा २ सय ५८ जना व्यक्ति तत्कालिन द्वन्दमा वेपत्ता पारिएकाहरुको सम्झनाका लागि कुम्भर अड्डामा पार्क बनाईएको जानकारी दिनु भएकोछ ।

    संसदीय दलका नेता महराले राष्ट्र निर्माणका लागि आफुहरुको कुनै व्यक्तिगत स्वार्थ नरहेकाले बताउँदै अरु भन्दा आफ्नो पार्टी अब्बल रहेको र नेकपा (माओवादी) केन्द्र सँग जनता रहेको दाबी गर्नु भएको छ । देशी विदेशी शक्तिहरु नेकपा (माओवादी) केन्द्रलाई फुटाउन चाहेको भएपनि आफुहरु एकढिक्का रहि निमुखा जनताको पक्षमा लडिरहने बताउनु भयो । कार्यक्रममा लुम्बिनी प्रदेश सरकारका पूर्व मन्त्री माननीय तिलकराम शर्मा (हिमाल), लुम्बिनी प्रदेश सभा सदस्य राजकुमार चौधरी, कृष्णा कुस्मा थारु (आस्था) नेकपा (माओवादी) केन्द्रका संयोजक भवन कुमार थारु (किशोर) लगाएतले वेपत्ता तथा शहिदहरुको सपनालाई साकार पार्न अनवरत रुपमा लागि रहने बताउनु भएको छ ।

    Ban

    कार्यक्रमका सभाध्यक्ष कुम्भर अड्डा वेपत्ता योद्धा स्मृति पार्क अध्यक्ष निरन्जन कुमार चौधरीले स्तम्भ उद्घाटन र स्मृति भित्ता शिलान्यास गर्ने काम ऐतिहासिक कार्य भएकाले पार्क निर्माण गर्नमा सहयोग पु¥याउने महानुभावहरु प्रति धन्यवाद दिनु भएको छ । अध्यक्ष थारुले पार्कको संरचना सिगार्नका लागि गुरु योजना बनि सकेकाले अझ पनि थप सहयोगको अपेक्षा गर्नु भएको छ । स्मृति पार्क निर्माणका लागि हाम्रो सहभागिता भन्ने नाराका साथ कार्य द्रुत गतिमा अघि बढाउने र देश विदेशमा यो पार्कका माध्यमबाट बर्दियालाई चिनाउने उद्देश्य रहेको अध्यक्ष चौधरीले उद्घोष गर्नु भएको छ । कुम्भर अड्डा स्मृति पार्कमा बर्दियाका ८ वटा पालिकाको नाममा पार्कहरु निर्माण भएको छ ।

    Post Views: 284
    प्रकाशित मिति: २०८० मंसिर २४, आईतवार २१:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.