• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एसीसी यू–१९ एसिया कप क्रिकेट :अफगानिस्तानद्धारा नेपाल पराजित

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २४, आईतवार २०:५० प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर २४ / एसीसी यू–१९ एसिया कप एक दिवसीय क्रिकेट प्रतियोगितामा नेपाल अफगानिस्तानसँग पराजित भएको छ। दुबइमा आज सम्पन्न खेलमा अफगानिस्तानले नेपाललाई ७३ रनले पराजित गरेको हो । यस नेपालले टस जितेर अफगानिस्तानलाई पहिला ब्याटिङ गर्न लगाएपछि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमाएको थियो।

    जवाफमा जितका लागि २६२ रन पछ्याएको नेपालले ४० दशमलब १ ओभरमा १८८ रन बनाउँदा सबै विकेट गुमायो र खेल ७३ रनले हार्न पुग्यो।  नेपालका लागि सबैभन्दा वढि सुरुवाती व्याटर अर्जुन कुमालले १०८ बलको सामना गरी १४ चौकासहित ९१ रन बनाए । त्यसैगरी कप्तान देव खनालले २४ , गुल्सन झाले १७ , दिपक बोहराले १५ तथा दिपेश कँडेलले ११ रन बाहेक अरूले दोहोरो अंकमा रन बनाउन सकेनन्। अफगानिस्तानका लागि नसीर खान र फरीदोन दाओजाईले तीन तीन विकेट लिए।

    यस अघि अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ४९ दशमलब ३ ओभरमा २६१ रन बनाउँदा सबै विकेट गुमाएको थियो अफगानिस्तानका लागि सबै भन्दा वढि जमसीद जरदान  १०६ रन बनाएर रिटायर्ड आउट भए।त्यसैगरी नुमान शाहले ६० रन तथा रहिमुल्लान रमतीले ३५ रन बनाए।नेपालका लागि हेमन्त धामी,गुल्सन झा र सुभाष भण्डारीले दुई दुई विकेट तथा आकाश चन्द र दिपेश कँडेलले  एक एक विकेट लिए। नेपाल पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो भने अफगानिस्तान भारतसँग पराजित भएको थियो। साभार नागरिकन्युज

    Post Views: 223
    प्रकाशित मिति: २०८० मंसिर २४, आईतवार २०:५०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.