काठमाडौं, मंसिर २४ /बाला चतुर्दशीको लागि मानिसहरू पशुपति क्षेत्रमा बत्ती बालेर जाग्राम बस्ने तयारी गरेका छन्। पशुपति क्षेत्रना सोमबार बिहान सतबीज छर्नको लागि आइतबार बेलुकी देखि नै मानिसहरू बत्ती बालेर जाग्राम बस्न थालेका हुन्।

नेपालमा मनाइने विभिन्न धार्मिक संस्कृति मध्येको बाला चतुर्दशीलाई विशेष गरी सनातन हिन्दू धर्मअन्तर्गत विशिष्ट महत्वको मान्ने गरिन्छ। बाला चतुर्दशी पर्वलाई शतबीज रोपण पर्वका रूपमा लिँदै विशेष गरी पितृ उद्धारका लागि उनीहरूको सम्झनामा शतबीज छर्ने गरिन्छ।
बाला चतुर्दशीको अघिल्लो दिन मार्गकृष्ण त्रयोदशीको दिन पशुपतिनाथलगायत देशका अन्य शिवालयमा दीप प्रज्वलन गरी रातभरि जाग्राम बसी चतुर्दशीको दिन शतबीज रोपण गरिने गरिएको छ । यसरी बत्ती बाल्दा पितृलोक झलमल्ल हुन्छ भन्ने विश्वास रहिआएको छ। साभार सेतोपाटी




