• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

प्राधिकरणले उपमहानगर क्षेत्रका रुख काटेपछि विरोध

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २३, शनिबार २१:३५ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बाँके,मंसिर २३ / हरियाली प्रवर्द्धनका लागि नेपालगन्ज उपमहानगर क्षेत्रमा रोपिएका रुख, बिरुवा नेपाल विद्युत् प्राधिकरणले अन्धाधुन्ध रुपमा काटेपछि विरोध भएको छ।प्राधिकरणले सदरलाईन रोडस्थित तुलसीपुर उच्च अदालत नेपालगन्ज इजलास, बाँके जिल्ला अदालत र भेरी अस्पताल क्षेत्रका रुख बिरुवा शनिबार दिउँसो काटेको थियो। प्राधिकरणले तार व्यवस्थापन गर्ने निहुँमा कसैसँग पनि समन्वय नगरेर रुख काटेपछि अहिले चौतर्फी रुपमा विरोध भएको हो।

    नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले दुःख गरेर हुर्काएका रुख, बिरुवालाई बिद्युत् प्राधिकरणले काटेको बताए। प्राधिकरणले स्थानीय सरकार, डिभिजन वन लगायत कुनैपनि निकायसँग समन्वय नगरेको उनले सुनाए। ‘बिद्युत् प्राधिकरणलाई कारबाहीका लागि हामी सिफारिस गर्छौ, हामीले दुःख गरेर हुर्काएका रुखहरू यसरी काटिएको छ कि आँखाबाट आँसु आउँछ,’ उनले भने।

    यस्तै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले रुख, बिरुवा काटेको दृश्य हेर्दा विवेक नभएको व्यक्तिले गरेको जस्तो देखिएको बताए। ‘यो राम्रो गतिविधि होइन, हामीसँग प्राधिकरणले कुनै समन्वय गरेको छैन,’ पोखरेलले भने। क्लिन नेपालगन्ज, ग्रिन नेपालगन्जका अध्यक्ष एवम् अभियन्ता डा. विनोद कर्णले प्राधिकरणले गैर कानुनी रुपमा रुख काटेको बताएका छन्। ‘यो कानून विपरीत हो, रुख काट्नेलाई  हदैसम्मको कारबाहीको माग गर्दछु,’ डा. कर्णले सामाजिक सञ्जालमा लेखेका छन्।

    नेपाल विद्युत् प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगन्नाथ खटिकले सम्भावित दुर्घटनाबाट जोगाउन नाङ्गो तारलाई छोएका रुख र हाँगाहरू काटिएको बताएका छन्। ‘नाङ्गो तारहरुलाई छोएका रुखहरुलाई व्यवस्थापन गरेका हौं,’ उनले भने। रुख काट्नु अघि प्राधिकरणले सार्वजनिक सूचना जारी गरेको वितरण केन्द्रले जनाएको छ।साभार नागरिकन्युज

    Post Views: 221
    प्रकाशित मिति: २०८० मंसिर २३, शनिबार २१:३५
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.