• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

भूकम्भ प्रभावित मन्दिर पुर्ननिर्माण गर्न सप्ताह ज्ञानयज्ञ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २३, शनिबार २१:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २३ /बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ४ स्थित बबई नदी किनारको बगहीमा अवस्थित भुकम्प प्रभावित कृष्ण प्रणामी मन्दिर प्राणनाथ आश्रम पुर्ननिर्माणको लागि सहयोग संकलन गर्न श्रीममदतारतम सागर पाठ परायण एवम् श्रीमदभागवत सप्ताह ज्ञानयज्ञ शुभारम्भ गरिएको छ । स्थानिय समुदायले निर्माण गरेको मन्दिर स्थापनाको ३१ औं बार्षिक उत्सवको अवसरमा ज्ञान महायज्ञ शुरु गरिएको हो ।

    लुम्बिनी प्रदेस बर्दिया क्षेत्र नम्बर १ (ख) का सांसद राजकुमार चौधरीको प्रमुख आतिथ्यतामा भएको ज्ञानयज्ञको समुद्घाटन समारोहमा प्रमुख अतिथी चौधरीले आफ्नो क्षेत्र विकास कोषबाट १५ लाख रुपैया सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ । समाजमा सकारात्मक सत्मार्गको लागि धार्मिक अनुष्ठानहरु आवस्यक रहेको बताउँदै आफूले जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताउनु भएको छ ।

    गुलरिया नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुरेश गौतमले वडामा आयोजना गरिएको कार्यक्रममा सवै वडावासीहरुलाई सहभागीता जनाउन आग्रह गर्नु भएको छ । मंसिर २१ गतेदेखि शुभारम्भ गरिएको ज्ञानयज्ञको २७ गते पूर्णाहुती हुने आयोजकले जनाएको छ ।

    तारा माताको प्रमुख बाचकत्वमा हुन लागेको ज्ञानयज्ञको सहायक वाचक पण्डीत कृष्णजी महाराज हुनुहुन्छ । कलश यात्रा मार्फत गाउँ परिक्रमा गरि शुभारम्भ गरिएको यज्ञमा दैनिक विहान ६ देखि ७ बजेसम्म मंगल आरती, ७ बजेदेखि ८ बजेसम्म परायण प्रारम्भ, ९ देखि १० बजेसम्म भोजन प्रसाद, ११ बजेदेखि दोस्रो आरती पश्चात विशेष अतिथीबाट कथा वाचन, १२ बजेदेखि ३ बजेसम्म श्रीमदभागवत कथा बाचन, वेलुकी ६ बजेदेखि ७ बजेसम्म सन्ध्या कालिन सेवा, ७ देखि ९ बजेसम्म प्रवचन र मंसिर २८ गते प्रसाद भण्डारा हुने आयोजक कृष्णप्रणामी मन्दिर प्राणनाथ आश्रमले जनाएको छ । ज्ञानयज्ञमा अन्नदान, तुलादान, भुमिदान एवम् दीक्षा ग्रहण गर्न सकिने प्रमुख बाचक तारा माताले जानकारी दिनु भएको छ । साभार चुरेकुञ्ज

    Post Views: 160
    प्रकाशित मिति: २०८० मंसिर २३, शनिबार २१:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.