• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एमालेको मध्यपहाडी यात्रामा ओलीपत्नीलाई दोस्रो वरियता

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २३, शनिबार २१:१२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २३ / बैतडीको झुलाघाटबाट सुरु भएको नेकपा एमालेको मध्य पहाडी संकल्प यात्रा शनिबार बागमती प्रदेशमा प्रवेश गरेको छ । शनिबार गोरखामा अन्तर्क्रिया गरेर अध्यक्ष केपी शर्मा ओली नेतृत्वको टोली धादिङ प्रवेश गरेको छ । शनिबार नै नुवाकोटको बट्टारमा सभा राखिएको छ र साँझ अबेरमात्र ओली त्यहाँ पुग्दैछन् । यसअघिका सभाहरुलाई पनि अध्यक्ष ओली आफैंले सम्बोधन गरिरहेका छन् । अरु पदाधिकारी पनि यात्रामै भएपनि अधिकांश सभालाई ओलीले मात्रै सम्बोधन गर्दै आएका छन् ।

    सभामा सम्बोधनबाहेक अन्तर्क्रिया, भेटघाट र अवलोकन पनि ओली केन्द्रित चलिरहेको छ । अरू नेताले स्वागत लिने–दिने गरिरहेका छन् । बरू यो संकल्प यात्रामा ओलीपछि उनकी पत्नी राधिका शाक्यको आकर्षण देखिएको छ । अरु पदाधिकारीले समेत शाक्यलाई विशेष सम्मान दिएको दृष्य सामाजिक सञ्जालमा राखिएका तस्वीरमा देख्न सकिन्छ ।

    शुक्रबार लमजुङको सुन्दरबजारमा आयोजित सभामा राधिका शाक्य गुरुङ पोशाकमा थिइन् । ओली र राधिका सँगै गुरुङ पोशाक लगाएर बसेको तस्वीर एमालेका पदाधिकारीहरुले नै सामाजिक सञ्जालमा राखेका छन् । उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शाक्यलाई ‘विशिष्ट अतिथि, अध्यक्ष पत्नी र समाजसेवी’ सम्बोधन गरेर तस्वीर पोष्ट गरेका छन् । ‘लमजुङ जिल्लाको सुन्दरबजार नगरपालिका–६ खत्रीठाँटीमा आयोजित जनसभाका विशिष्ट अतिथि, श्रद्धेय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीज्यूकी जीवन संगिनी, समाजसेवी राधिका शाक्यज्यूले घलेक र मुगाको माला लगाएर गुरुङ समुदायको भेषभूषा र समस्त गुरुङ समुदायप्रति सम्मान व्यक्त गर्नुहुँदै…’, पौडेलले लेखेका छन् ।

    पौडेलकै जस्तो भाषा नलेखे पनि अरु पदाधिकारीहरुले पनि शाक्यको प्रशंसा गरेका छन् । अर्का उपाध्यक्ष सुरेन्द्र पाण्डेले मञ्चको पहिलो लहरमा अध्यक्ष ओलीसँगै राखिएको राधिका शाक्यको कुर्सीमा लेखिएको अक्षर देखिने गरी फेसबुकमा तस्वीर राखेका छन् । कुर्सीमा लेखिएको छ, ‘श्रद्धेय अध्यक्षज्यूकी धर्मपत्नी समाजसेवी राधिका शाक्य ।’ एमालेमा राधिकाको कुनै पदीय जिम्मेवारी नभएकाले समाजसेवी लेखिएको बुझ्न गाह्रो छैन ।

    यात्रामा सहभागी एक नेताका अनुसार, संकल्प यात्राको सुरुबाटै राधिका शाक्य विशेष अतिथि रहँदै आएकी छन् । १४ मंसिरमा बैतडीको सदरमुकाम गोठलापानीमा गरिएको सभामा सञ्चालक गोविन्द गिरीले शाक्यलाई विशेष अतिथि सम्बोधन गरेका थिए । त्यसपछि भएका सभाहरुमा ओलीपछिको वरियतामा शाक्यलाई मञ्चमा बोलाउने गरिएको छ । शनिबारसम्म गोठलापानी, स्याउले, सिलगढी, मंगलसेन, साफेबगर, राकम, वीरेन्द्रनगर, रिम्ना, रुकुमकोट, वामीटक्सार, कुश्मा र सुन्दरबजारमा सभा भएको छ ।

    यी सभाहरुमा शाक्य विशेष अतिथि भएर बस्दा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तेस्रो नम्बरमा आसनग्रहण गर्दै आएका छन् । एमालेको विधान अनुसार भने वरिष्ठ उपाध्यक्ष पोखरेल दोस्रो वरियताका नेता हुन् । केन्द्रीय सदस्य विष्णु रिजाल, यात्रामा राधिका शाक्यलाई कार्यकर्ताले दिएको सम्मानलाई राजनीतिक आँखाले हेर्न नहुने बताउँछन् । ‘अध्यक्ष सँगसँगै हुनुहुन्छ, उहाँको सम्मानमा मञ्चमा बोलाउने कुरा मानवीय विषय हो । राजनीतिक रुपमा हेर्नुभएन’, रिजाल भन्छन् ।

    यात्रामै रहेका एक पदाधिकारी राधिका शाक्यलाई ‘फर्स्ट लेडी’को सम्मान दिइएको तर्क गर्छन् । ‘अध्यक्षको पत्नीलाई हामीले फर्स्ट लेडीको रुपमा बुझ्नुपर्छ । संसारभर त्यस्तो अभ्यास हुन्छ’, उनी भन्छन् । पार्टी बैठक नभएर आमसभा भएकाले राधिका शाक्य विशेष अतिथि हुँदा अरु नेताले अप्ठ्यारो मान्न नहुने उनको तर्क छ ।साभार अनलाइनखबर

     

    Post Views: 150
    प्रकाशित मिति: २०८० मंसिर २३, शनिबार २१:१२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.