बर्दिया,मंसिर २२(माउण्टेनसमाचार) / निर्माण व्यवसायी संघ बर्दियाले अनाथ बालबालिकालाई शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ । १६औं राष्ट्रिय निर्माण दिवसको अवसरमा शुक्रबार निर्माण व्यवसायी संघ बर्दियाले अनाथ बालबालिकालाई शैक्षिक सामाग्र हस्तान्तरण गरेको हो ।

बारबर्दिया नगरपालिका–१० बेलभार स्थित अनाथ बालबालिकालाई स्कूल झोलालगायत शैक्षिक सामाग्री हस्तान्तर गरि निर्माण व्यवसायी संघले निर्माण दिवस मनाएको छ । हस्तान्तरण शैक्षिक सामाग्रीले बालबालिकाको अध्ययनमा सहयोग पुग्ने विश्वास छ । शैक्षिक सामाग्री पाउँदा बालबालिकाहरु खुसी देखिएका थिए ।

शैक्षिक सामाग्री हस्तान्तरण कार्यक्रममा बारबर्दिया नगरपालिकाका नगर प्रमुख छविलाल थारु, उप–प्रमुख रत्न कुमार पाण्डे, प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपाने, निर्माण व्यवसायी संघ बर्दियाका अध्यक्ष हेमन्त प्रकाश गिरी, निवर्तमान अध्यक्ष भेषराज पौडेललगायत अन्य पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।




