• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

एकैपटक लेखाका ३५२ जना कर्मचारीको सरुवा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २२, शुक्रबार १९:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर २२  / सरकारले लेखा समूहका कर्मचारीहरुको सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले एकैपटक ३५२ जना कर्मचारीहरुको सरुवा गरेको हो । महालेखाले उपसचिव (उपमहालेखा नियन्त्रक, प्रमुख लेखा नियन्त्रक र प्रमुख कोष नियन्त्रक), लेखा तथा कोष अधिकृतसहित लेखापालहरुको सरुवा गरेको हो ।

    महालेखाले हिसाब भिडानको काम नसकिएकोसहित विभिन्न कारण देखाउँदै नियमित सरुवामा तोकिएभन्दा ढिलाइ गर्दै आएको छ । निजामती सेवा नियमावलीअनुसार कर्मचारीहरुलाई सामान्य प्रशासन मन्त्रालयले प्रत्येक वर्षको भदौ मसान्तभित्रमा सरुवा गरिसक्नुपर्छ । मन्त्रालय वा मन्त्रालय स्तरको केन्द्रीय निकाय वा विभागले प्रत्येक वर्षको असोज १ गतेदेखि असोज १५ गतेभित्रमा सरुवा गर्नुपर्ने नियम छ ।

    त्यसकै आधारमा क्षेत्रीय (प्रदेश) स्तरका निकायहरुले प्रत्येक वर्षको असोज १६ गतेदेखि असोज मसान्तभित्र सरुवाको निर्णय गर्नुपर्ने हुन्छ । तालिकाबाहेकको समयमा सरुवा गर्नु परेमा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्ने व्यवस्था छ । तर, गत वर्ष पनि महालेखाले १७ पुसमा मात्रै कर्मचारीहरुको नियमित लट सरुवा गरेको थियो । सोभन्दा अघिल्लो वर्ष ९ पुसमा यस्तो सरुवा भएको थियो ।

    देशभरका ८१ वटा कोष तथा लेखा नियन्त्रक कार्यालयसहित निवृत्तिभरण व्यवस्थापन कार्यालय र कुमारीचोक तथा केन्द्रीय तहसील कार्यालयहरुबाट कर्मचारीहरु सरुवा भएको छ । विभिन्न संघीय मन्त्रालय र कार्यालयमा लेखामा कार्यरतहरु पनि सरुवा भएका छन् । लेखा अन्तरगत हाल करिब ४ हजार कर्मचारी कार्यरत छन् ।

    महालेखाले सरुवा तथा काज व्यवस्थापन मापदण्डका आधारमा कर्मचारीको सरुवा हुने व्यवस्था गरेको छ । यसअनुसार कार्य प्रकृति, कार्यबोझ, भौगोलिक क्षेत्र, कार्य सञ्चालन, कोष सञ्चालन एवम् व्यवस्थापन, आन्तरिक लेखा परीक्षण केन्द्रीय लेखा सम्बन्धी अनुभव समेत दिलाउने उद्देश्यले सरुवा गरिएको कार्यालयले जनाएको छ । साभार अनलाइनखबर

    Post Views: 229
    प्रकाशित मिति: २०८० मंसिर २२, शुक्रबार १९:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.