• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

परिवर्तनका संवाहकहरुलाई सम्मान गर्दै बिदाई

  •  हरि गुरुङ
  • २०८० मंसिर २२, शुक्रबार १३:०१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर २२ गते (माउण्टेनसमाचार) / मधुवन बर्दिया जिल्लाको मधुवन नगरपालिकाका परिवर्तनका संवाहकहरूमा मंसिर २० गते एक सम्मान कार्यक्रम गरि विदाइ गरिएको छ ।

    मधुवन नगरपािलकामा संचालित बाल विवाह न्युनिकरण परियोजना अन्तर्गत १० बर्षदेखि २० वर्षसम्मका किशोरकिशोरीहरुलाई शुक्रवार र शनिवार अतिरिक्त कक्षा संचालन गरि यौन तथा प्रजनन स्वास्थ्य, अधिकार, निर्णय, अधिकार र लैगिंक समानता लगायत बिभिन्न सकारात्मक बिषयमा अतिरिक्त कक्षा संचालन गरिएको थियो ।

    १८ महिना सम्म संचालन गरिएको कक्षामा १ सय ६४ जना किंशोरकिशोरीहरुको सहभागिता रहेको थियो ।अतिरिक्त कक्षाहरु समाप्त भएपश्चात किशोरकिशोरीहरुलाइ परिवर्तनका संवाहकका रुपमा बिदाइ गरिएको हो ।

    परिवर्तनका संवाहकहरुले समुदायमा दौतरी शिक्षा मार्फत वाल विवाह रोकथाममा बिशेष रुपले अभियान संचालन गरि समुदायलाइ बालविवाह घोषणा अभियानमा सहयोग पुर्याउने आशा लिएको कुरा बि–ग्रुपका प्राबिधिक संयोजक रामरुप कौशलले बताउनु भयो ।

    कार्यक्रममा परिवर्तनका संवाहक किशोरकिशोरीहरुलाइ प्रमाण पत्र र उपहार हस्तान्तरण गरि सम्मान गरिएको थियो । कार्यक्रममा किशोरकिशोरीहरुले नाचगान तथा गितहरु प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रममा प्रमुख अतिथि मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाट, विशिष्ट अतिथी उप-प्रमुख अनिता चौधरी, अतिथिमा मधुवन नगरपालिकाका वडा नं-३,४ र ५ का वडा अध्यक्ष स्वास्थ्य शाखाका प्रमुख गिता घिमिरे, शिक्षा तथा खेलकुद शाखाका नारायण प्रसाद खनाल, नेपाल राष्ट्रिय माध्यमिक विद्यालय धनौरा प्राध्यापक चन्द्रबहादुर खत्री साथै स्थानिय बडघर र अभिभावकहरुको उपस्थिती रहेको थियो ।

    कार्यक्रम भेरी वातावरणिय बिशिष्टता समुह (वि -ग्रुप) र प्लान इन्टरनेशनल नेपालको सहकार्यमा आयोजना गरिएको थियो भने कार्यक्रम संचालन परिवर्तनको सम्वाहक किशोरी अनुराधा चौधरीले गर्नुभएको थियो।

    परिवर्तनको सम्वाहक किशोरकिशोरीहरुको तर्फबाट किशोरी श्रीतिका भट्टराई भने “बालबालिका हुनुमा अभिभावक मुख्य हात रहेको हुन्छ, अभिभावकले आफ्नो बच्चाहरु विद्यालय गए आएमा समेत ध्यान जरुरी छ।

    प्रमुख अतिथि मधुवन नगरप्रमुख भाटले भने “आफुले सिकेका कुरा अरुलाई पनि सिकाउन जरुरी छ।आफुले सिकेका आफैमा लागू गरिएन भने ब्यर्थ हुन्छ, तपाईहरु भविस्यका कर्णधार हो।” उनले भने ।

    Post Views: 218
    प्रकाशित मिति: २०८० मंसिर २२, शुक्रबार १३:०१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.