• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राष्ट्रिय सूचना आयोगको प्रतिवेदन सरकारलाई बुझाइयो

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २१, बिहीबार १६:३७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर २१ गते / राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०७९/८० को पन्ध्रौँ वार्षिक प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको छ । आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले आज प्रधानमन्त्री प्रचण्डलाई वार्षिक प्रतिवेदन बुझाउनुभएको हो । प्रतिवेदन बुझाउने क्रममा प्रमुख सूचना आयुक्त गुरुङले आर्थिक वर्ष २०७९/८० मा एक हजार ६८ आयोगमा प्राप्त उजुरीमध्ये एक हजार ५४ फछ्र्यौट भई ९९ दशमलव शुन्य चार प्रतिशत उजुरीको अन्तिम निर्णय गरेको जानकारी दिनुभयो ।

    आयोगका प्रवक्ता कमला ओली थापाले सर्वसाधारण नागरिकले सूचना माग गर्दा सूचना उपलब्ध नगराउने चार सार्वजनिक निकायका कार्यालय प्रमुख उपर सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ३२ बमोजिम सजाय गर्नुका साथै विभागीय कारबाहीका लागि सम्बन्धित निकायमा लेखी पठाइएको जानकारी दिनुभयो ।

    विभिन्न निकायका कार्यालय प्रमुख, सूचना अधिकारी, जनप्रतिनिधि, सूचनाको हकका अभियानकर्मी र सञ्चारकर्मीको उपस्थितिमा आयोगले एक सय ५९ महिला र आठ सय ५३ पुरुष गरी जम्मा एक हजार १२ जनाको सहभागितामा सूचनाको हकसम्बन्धी कानुनी तथा व्यावहारिक ज्ञानसम्बन्धी अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

    आयोगले नेपाल सरकारलाई तत्काल कार्यान्वयन गर्नुपर्ने आठ सुझावसहित प्रतिवेदन बुझाएको छ । त्यसमा वैयक्तिक गोपनियतासम्बन्धी ऐनलाई संशोधन गरी सुरुको उजुरी सुन्ने निकायका रुपमा राष्ट्रिय सूचना आयोग हुने व्यवस्था गर्नुपर्ने आयोगले सुझाव दिएको छ । राजनीतिक दलहरुले सूचनाको हकसम्बन्धी कानुन बमोजिम अनिवार्य रुपमा पालना गर्नुपर्ने र सूचना अधिकारी तोक्ने, स्वतः प्रकाशन गर्ने तथा सूचना माग भएमा तत्काल उपलब्ध गराउने व्यवस्था कार्यन्वयन गर्न पनि विज्ञप्तिमार्फत् आयोगले सुझाव दिएको छ ।

    नेपालको संविधानको धारा २७ अनुसार सूचनाको हकको संरक्षण, संवद्र्धन र प्रचलन गर्ने काम, कर्तव्य तथा अधिकारका लागि गठित आयोगले सोही ऐनको दफा २५ को उपदफा (१) बमोजिम प्रत्येक वर्ष आफूले गरेका काम कारबाहीको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीमार्फत् व्यवस्थापिका संसदमा प्रस्तुत गर्ने व्यवस्था छ । रासस 

    Post Views: 165
    प्रकाशित मिति: २०८० मंसिर २१, बिहीबार १६:३७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.