• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राप्रपाले पारित गर्‍यो राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनालगायत आन्दोलनका मस्यौदा

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर २१, बिहीबार १६:१० प्रकाशित
    • अ-
    • अ
    • अ+

    राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापना लगायतका एजेन्डासहित आन्दोलन गर्न तयार पारेको मस्यौदा पारित गरेको छ।

    बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले मस्यौदा समितिको प्रस्तावलाई परिमार्जन गर्दै पारित गरेको हो।

    राप्रपाले राजसंस्था, हिन्दुराष्ट्रको पुन:स्थापना, संघीयता खारेजी र सुशासन तथा जनजीविकाका पक्षमा आन्दोलन गर्न गठित मस्यौदा समितिको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको प्रवक्ता मोहन श्रेष्ठले बताए।

    मस्यौदा समितिले तयार पारेको प्रस्तावलाई केन्द्रीय कार्यसमितिको बैठकमा पेश गर्ने निर्णय पनि भएको छ। राप्रपाले पुस १ गतेदेखि ३ गतेसम्म काठमाडौंमा केन्द्रीय समिति बैठक गर्ने तयारी गरेको छ।

    राजनीतिक, सामाजिक, आर्थिक रुपले देश संकटपूर्ण अवस्थामा रहेको, देशको नेतृत्व र शासन व्यवस्था असफल भइसकेको र यथास्थितिमा देशअघि बढिरहन नसक्ने निश्कर्ष निकाल्दै राप्रपाले आन्दोलनको अपरिहार्यतामा जोड दिएको प्रवक्ता श्रेष्ठ बताउँछन्।

    पुस २७ गते पृथ्वी जयन्ती केन्द्रीय तहमा र सबै तहमा उत्सवको रुपमा मनाउने निर्णय पनि राप्रपाले गरेको छ।

    ‘राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने, यसबारे अन्य दलसँग आवश्यक सहयोग जुटाउन, संवाद गर्न राजनीतिक विभाग प्रमुख बुद्धिमान तामाङलाई जिम्मेवारी दिइएको छ,’ राप्रपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

    साथै इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी, समन्वय र सहजीकरण गर्न उपाध्यक्ष हेमजङ्ग गुरुङलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।

    केन्द्रीय कार्यसम्पादन समिति बैठकले राप्रपा नियमावली-२०८० लाई संशोधनसहित पारित गरेको छ।

    Post Views: 201
    प्रकाशित मिति: २०८० मंसिर २१, बिहीबार १६:१०
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.