• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा विधिवत हात्ती पूजा, मानव–हात्ती सहअस्तित्व कायम हुने जनविश्वास

  •  भावुक योगि
  • २०८० मंसिर २०, बुधबार १३:४३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर २० गते / बर्दिया राष्ट्रिय निकुञ्ज ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसारमा परम्परागत धार्मिक विधि अनुसार आज मंगलबार हात्ती पूजा गरिएको छ । निकुञ्ज आसपासका स्थानीयबासीन्दा जंगली हात्तीबाट आतंकित भएपछि जंगली हात्तीबाट हुने क्षती कम गर्न तथा मानव–हात्ती सहअस्तित्व कायम गर्न भन्दै परम्परागत धार्मिक विधि अनुसार थारु समुदायका गुरुवा (धामीझाँक्री) बाट हात्ती पूजा गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोकरामले जानकारी दिनुभयो ।

    बर्दिया निकुञ्जमा रहेको एसियाकै ठुलो राजागज नामक जंगली हात्तीको सम्झनासंगै मानव–हात्ती सहअस्त्वि कायम गर्न, विगतका वर्षहरुमा घर पालुवा हात्तीबाट सुंगुरको पाठो कुल्चाउने खेलको अन्त्य र संरक्षण तथा पर्यापर्यटन विकासमा टेवा पुर्याउने उदेश्यले झण्डै दश वर्ष अघिदेखि सुरु गरिएको हात्ती पूजा यस वर्ष पनि ठाकुरद्वाराको हात्तीसारमा धार्मिक विधि अनुसार पूजा गरिएको चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजालका अध्यक्ष हेमन्त आचार्यले बताउनुभयो ।

    बर्दिया राष्ट्रिय निकुञ्जको जैविक विविधता तथा वन्यजन्तुहरुको चोरी शिकार नियन्त्रण अभियानमा जुटेका युवाहरुको अभियानद्धारा विगतका वर्षदेखि यस प्रकारका कार्यक्रम आयोजना गरिँदै आएको छ । ठाकुरद्वाराको हात्ती प्रजनन केन्द्र हात्तीसार पिकनिक मैदानमा परम्परागत धार्मिक विधि अनुसार थारु तथा अन्य समुदायहरुबाट हात्ती पूजा गरि हात्तीलाई फलफूल तथा उखु खुवाइएको छ ।

    एसियाकै ठूलो हात्ती राजगजको सम्झनामा राजस्तम्भ (खमारी) गाडीएको ठाउँमा थारु परम्परा र हिन्दु सनातन परम्परा अनुसार हात्तीको पूजा गरीएको छ । थारु समुदायको बसोवास रहेको यस क्षेत्रमा थारु समुदायका गुरुवा (थारु धामीझाँक्री) मार्फत पूजापाठ गरेपछि अशान्ति मेटिने जनविश्वास छ । त्यसैले पर्यटकिय क्षेत्र ठाकुरद्वाराको हात्तीसारमा जैविक विविधताको संरक्षण गर्दै मानव र वन्यजन्तुवीच सहअस्तित्व कायम राख्न हात्ती पूजा गरिएको स्थानीय थारु गुरुवा ठाकुरप्रसाद थारुले बताउनुभयो ।

    हात्तीसार क्षेत्रमा हात्तीले धेरै नोक्सान गर्न थालेपछि थारु समुदायका गुरुवा (थारुका धामीझँक्री) बोलाएर हात्ती पूजा गर्न थालिएको हो । विगतका केहि वर्षदेखि हरेक वर्ष आफुहरुले गणेश भगवानको रुपमा बनदेवी र हात्ती पूजा गर्न थालेपछि हात्तीले सताउन छाडेको स्थानीयबासीन्दाको भनाई छ ।

    ‘परम्परागत रुपमा दुई दशक अघिसम्म दशैँको टिकाका दिन घर पालुवा हात्तीबाट सुँगुरको पाठो कुल्चाउने परम्परा थियो, एक जीवबाट अर्को जीव हत्या गरिनु उपयुक्त नभएकाले सुँगुरको पाठो कुल्चाउने परम्परा अन्त्य गरि सुरुमा हात्ती फूटबल प्रतियोगिता शुरु गर्यौं’ फेरी हात्तीलाई दुःख नदिने भन्ने उदेश्यले हात्तीलाई फुटवल खेलाउन पनि छाड्यौँ र परम्परागत पूज मात्रै गर्न थाल्यौँ, आयोजक चोरीसिकार नियन्त्रण युवा परिचालन अभियान संजाल बर्दियाका अध्यक्ष हेमन्त आचार्यले भन्नुभयो ।

    हात्तीलाई दुःख दिने खेलको अन्त्य गर्दै हात्ती पूजा मात्रै गर्ने परम्परा थालियो, संरक्षित वन्यजन्तुलाई कष्ट नदिने भनेर बर्दिया राष्ट्रिय निकुञ्जलाई विश्वभर चिनाउने एसियाकै ठूलो राजागज नामक हात्ती निकुञ्ज भित्रबाट हराएपछि उसैको सम्झनामा एउटै काठबाट निर्माण गरिएको खमारी गाडेका छौं र केही वर्षदेखि हात्ती पूजा गर्ने परम्पराको थालनी गरेका छौं, अध्यक्ष आचार्यले बतानुभयो ।

    बर्दिया निकुञ्जमा रहेको एसियाकै ठूलो हात्ती राजागज निकुञ्जबाट हराएको सम्झनामा काठको हात्ती बाध्ने स्तम्भ (खमारी) स्थापना गरि झण्डै ७ वर्षअघि हात्ती पूजा गर्ने सुरुवात गरिएको हो ।

    समुदायस्तरमा हात्ती प्रतिको दृष्टिकोणमा समेत सकारात्मक सोँचको विकास हुने गरेको छ । हात्ती पूजाका माध्यमबाट जैविक विविधताको संरक्षणसँगै पर्यटन प्रर्बद्धन हुँदै पर्यापर्यटनमा टेवा पुग्नेछ ।

    थारु समुदायको बाहुल्यता रहेको यस क्षेत्रमा थारु समुदायका अगुवाहरुले गरेको परम्परागत हात्ती पूजा कार्यक्रममा हात्तीलाई फलफुल, उखु लगायतका भोजन गराईएको छ । विगत केहि वर्षदेखि सुरु गरिएको हात्ती पूजाले मानव र वन्यजन्तुवीच सदभाव बढाउँदै मानव र वन्यजन्तुवीच सहअस्तित्व कायम गर्न मद्दत पुगेको छ र यस क्षेत्रको स्थानीय संस्कृति एवं पर्यटन प्रर्वद्धनमा समेत सहयोग पुग्ने अपेक्षा लिईएको बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले बताउनुभयो ।

    चोरी शिकार नियन्त्रण युवा परिचालन अभियान संजालले हात्ती प्रजनन केन्द्र हात्तीसारमा आयोजना गरेको हात्ती पूजा कार्यक्रममा ठाकुरबाबा नगर प्रमुख तिलकराम लम्साल, उपप्रमुख बिना कुमारी भट्टराई, निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक राम, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाका गणपति हिमालय थापा, राष्ट्रिय प्रकृती संरक्षण कोषका प्रमुख, अजित तुम्बाहाङफे, प्रहरी, जनप्रतिनिधी, स्थानीय थारु समुदायका अगुवा, स्थानीयबासीन्दासहित स्वदेशी र विदेशी पर्यटकहरुको सहभागिता रहेको थियो ।

    Post Views: 209
    प्रकाशित मिति: २०८० मंसिर २०, बुधबार १३:४३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.