• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

राष्ट्रिय बीमा संस्थान बन्यो कम्पनी, १ वर्षभित्र आईपीओ आउने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १९, मंगलवार २१:५९ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं,मंसिर १९ / नेपाल बीमा प्राधिकरणले राष्ट्रिय बीमा संस्थानलाई शर्तसहित कम्पनीमा रुपान्तरण हुन स्वीकृति दिएको छ । ६ वटा शर्तसहित संस्थानलाई जीवन बीमक कम्पनीको प्रमाणपत्र जारी गरिएको प्राधिकरण स्रोतले जनाएको छ । बीमा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको ऐन पारित भएर २३ असोज २०७९ देखि कार्यान्वयन आएसँगै संस्थान अनिवार्यमा रुपमा कम्पनीमा जानुपर्ने बाध्यता सिर्जना भएको थियो ।

    नयाँ कानुन आएपछि राष्ट्रिय बीमा संस्थान ऐन खारेज भएपछि राष्ट्रिय बीमा संस्थानलाई एक वर्षभित्र कम्पनीमा रुपान्तरण गर्नैपर्ने बाध्यता आएको थियो । सोहीअनुसार मन्त्रिपरिषद्ले १६ कात्तिक २०७९ मा संस्थानलाई कम्पनीमा रुपान्तरण गर्ने भनी निर्णयअनुसार बीमा प्राधिकरणले १८ कात्तिक २०८० मा संस्थानलाई कम्पनीकरणको पूर्वस्वीकृति दिएको छ । त्यसकै आधारमा राष्ट्रिय बीमा संस्थान कम्पनी रजिस्ट्रारको कार्यालयबाट कम्पनीमा रुपान्तरण भएको छ ।

    संस्थानको नाम राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड राखिएको छ । कम्पनीमा दर्ता भएर जीवन बीमकको रुपमा दर्ता गरी प्रमाणपत्र पाउँ भनी प्राधिकरणमा निवेदन दिएकाले ६ वटा शर्तसहित प्राधिकरणले जीवन बीमा कम्पनीको प्रमाणपत्र दिएको हो । संस्थानका आर्थिक वर्ष २०६८/६९ पछिको लेखापरीक्षण स्वीकृत हुन बाँकी छ । प्राधिकरणले नयाँ कम्पनीलाई कम्पनीमा रुपान्तरण हुन अगाडिको आर्थिक वर्षको वित्तीय विवरणको लेखापरीक्षण गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र बीमा प्राधिकरणमा पेश गर्न निर्देशन दिएको छ ।

    यस्तै साविकको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुनुअघिका आर्थिक वर्षहरुको सम्पत्ति तथा दायित्वको बीमाङ्कीबाट मूल्यांकन गराई त्यसको प्रतिवेदन ६ महिनाभित्र प्राधिकरणमा पेश गर्न पनि निर्देशन दिएको हो । त्यस्तै, राष्ट्रिय जीवनबीमा कम्पनी लिमिटेडले १ वर्षभित्र ५ अर्ब चुक्ता पूँजी पुर्‍याउनुपर्ने भएको छ । कम्पनीमा नेपाल राष्ट्र बैंकको ५५.५६ प्रतिशत सेयर लगानी छ भने उसले थप पूँजी लगानीको प्रतिवद्धता जनाइसकेको छ । नेपाल सरकारले पनि थप पूँजी लगान्ी गर्ने प्रक्रिया अगाडि बढाएको छ ।

    संस्थान पब्लिक लिमिटेडमा रुपान्तरण भएसँगै सार्वजनिक निष्कासनमार्फत सर्वसाधारणलाई सेयर जारी गर्नुपर्ने प्राधिकरण स्रोतले जनाएको छ । ‘प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले १ वर्ष भित्र बीमा ऐन, २०७९ को दफा ३६ तथा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पुँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेश गर्ने,’ प्राधिकरणले तोकेको शर्तमा भनिएको छ ।

    ऐनको दफा ४४ मा बीमकले आफ्नो कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई बिक्री गर्न छुट्याउनुपर्ने व्यवस्था छ । बीमा प्राधिकरणले संस्थानलाई कम्पनीमा रुपान्तरण गरी बीमा व्यवसायको प्रमाणपत्र दिँदा १ वर्षभित्र उक्त सेयर संरचना कायम गर्नुपर्ने शर्त तोकेको हो ।

    यी हुन् प्राधिकरणले तोकेका ६ शर्त :

    १. इजाजत प्राप्त गरेको ६ महिनाभित्र बीमा ऐनको दफा ३० को उपदफा (१) बमोजिम राष्ट्रिय जीवन बीमा कम्पनी लि.को नाममा जीवन बीमा व्यवसाय प्रारम्भ गर्नुपर्नेछ ।

    २. प्राधिकरणबाट अनुमति प्राप्त गरेको मितिले १ वर्ष भित्र बीमा ऐन, २०७९ को दफा ३६ तथा बीमक दर्ता तथा बीमा व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका, २०७३ को दफा ४ को खण्ड (क) बमोजिम निर्धारण गरेको चुक्ता पूँजी पाँच अर्ब रुपैयाँ तथा ऐनको दफा ४४ बमोजिमको सेयर संरचना कायम गरी सोको विवरण प्राधिकरणमा पेश गर्ने ।

    ३. साविकको राष्ट्रिय बीमा संस्थान कम्पनीमा परिणत हुनुअघिका आर्थिक वर्षहरुको सम्पत्ति तथा दायित्वको बीमाङ्कीबाट मूल्यांकन गराई सोको प्रतिवेदन ६ महिना भित्र प्राधिकरणमा पेश गर्ने ।

    ४. साविक राष्ट्रिय बीमा संस्थानको आर्थिक वर्ष २०६८/६९ तथा सो अघिका आर्थिक वर्षहरुका वित्तीय विवरण स्वीकृत हुँदा प्राधिकरणबाट लगाएका शर्त तथा आदेश पालना गरी ६ महिनाभित्र र साविकको संस्थान कम्पनीमा परिणत हुनु अघिसम्मका आबहरुका वित्तीय विवरणको लेखापरीक्षण गराई सोको प्रतिवेदन प्राधिकरणमा पेश गर्ने ।

    ५. कर्मचारी सेवा शर्त विनियमावली, आर्थिक प्रशासन विनियमावली, जोखिमाङ्कन, ग्राहक सेवा, बजार प्रर्वद्धन र पुनर्वीमा सम्बन्धी कार्यविधि तथा दिग्दर्शन र सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण ऐन, २०६४ को दफा ७ को उपदफा (१) बमोजिम सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी निवारण नीति, प्रक्रिया तथा कार्यक्रम अद्यावधिक गरी १ (एक) महिनाभित्र प्राधिकरणमा पेश गर्ने ।

    ६. अन्य शर्त तथा अवस्थाका हकमा बीमा ऐन, २०७९ को दफा २९ को उपदफा (५) बमोजिम प्राधिकरणले जारी गरेका निर्देशिका तथा तोकेका अन्य शर्तहरुको समेत पालना गर्नुपर्ने । साभार अनलाइनखबर

    Post Views: 168
    प्रकाशित मिति: २०८० मंसिर १९, मंगलवार २१:५९
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • २. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.