• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

म लक्की छु, तत्काल गठबन्धन टुट्नेवाला छैन : प्रचण्ड

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १८, सोमबार २०:१७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौ,मंसिर १८ / प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको वर्तमान सरकार संकटमा नरहेको बताएका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा सोमबार सम्पादकहरुसँग कुरागर्दै प्रधानमन्त्री प्रचण्डले आफू संसदमा ३२ सिट रहेको तेस्रो दलको नेता भए पनि सरकार संकटमा नरहेको बताएका हुन् । ‘मलाई थाहा छ मेरो ससंदमा ३२ सिट छ र म शक्तिशाली पनि छैन । तर पनि म लक्की छु, किनकी यो गठबन्धन तत्काल टुटनेवाला छैन’, उनले भने ।

    २०७९ मंसिरमा सम्पन्न निर्वाचन पछि १० पुसमा नेकपा एमालेसहितको दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डले करिब दुई महिनापछि राष्ट्रपति निर्वाचनका बेला नेपाली कांग्रेसलाई साथ दिएपछि एमालेसँगको सम्बन्ध टुटेको थियो । आफू नेतृत्वको सरकारले करिब एक वर्ष पूरा गर्न लाग्दा उनी सरकार तलमाथि नहुनेमा निश्चिन्त देखिए ।

    गठबन्धन भित्र कतिपय मामिलामा विवाद, असहमति देखिए पनि तिनले सरकारको भविष्यमाथि कुनै प्रभाव नपार्ने प्रधानमन्त्री प्रचण्डको भनाइ छ । उनले भने, ‘तपाईंहरुले गठबन्धनभित्र पनि कतिपय अन्तरविरोधहरु देख्नु, सुन्नु भएको होला तर ती सरकारको भविष्यलाई प्रभाव पार्ने स्तरमा छैनन् ।’ मुलुकको वर्तमान राजनीतिक शक्ति सन्तुलनमाथि टिप्पणी गर्दै प्रचण्डले सरकारको भविष्यमा तत्काल कुनै प्रश्न उठ्ने अवस्था नरहेको बताए । गठबन्धनभित्र मात्रै होइन, वर्तमान सरकारले प्रमुख राजनीतिक मामिलामा प्रमुख प्रतिपक्षी दलसंग समेत वार्ता र सहकार्य गरिरहेको प्रधानमन्त्रीको भनाइ छ ।

    सम्पादकहरुको प्रश्नको जवाफमा उनले भने, ‘प्रमुखजसो सरोकारका बिषयहरुमा प्रमुख बिपक्षी दललाई समेत लिएर हिँड्ने एक खालको अवधारणा बनेको छ । जस्तो कि वर्तमान संविधान र त्यसले संस्थागत गरेका उपलब्धी उल्टाउन खोज्नेहरु विरुद्ध गठबन्धन र प्रमुख विपक्षी एक ठाउँमा छन् ।’ प्रधानमन्त्री प्रचण्डले मुलुकको आर्थिक स्थितिमा देखिएको असहजता अन्त्यका लागि पनि आफूले संयुक्त पहल गरेको बताए ।

    उनले संविधान अनुसार गतिविधि गर्ने अधिकार पूर्वराजालाई पनि रहेको तर प्रणालीविरुद्ध गतिविधि गर्न छुट नभएको बताए । ‘लोकतान्त्रिक गणतन्त्र बमोजिमको संविधान मातहत रहेर आफ्ना गतिविधि गर्ने अधिकार राजालाई पनि छ, तर यो प्रणाली विरुद्ध अनावश्यक हर्कत हुन खोजे के गर्ने भन्ने सम्बन्धमा पनि प्रमुख दलहरु बीच साझा धारणा निर्माण गरिने छ’ उनले भने ।साभार अनलाइनखबर

    Post Views: 220
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार २०:१७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.