• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

सहकारीको स्थापना दिवसमा आमाहरु सम्मानित

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १८, सोमबार १८:२७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    मुरली गोडिया

    बर्दिया,मंसिर १८ / सुनौलो महिला बिकास बहुउद्देश्यिय सहकारी संस्था लिमिटेड गुलरियाले २२ औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा सहकारीको कार्यक्षेत्र नगरपालिका भित्रका विभिन्न वडाबाट छनौट गरि २२ जना जेष्ठ नागरिक आमाहरुलाई सम्मान गरेको छ ।


    जेष्ठ नागरिकहरुलाई दोसल्ला, हर्लिक्स तथा नगद प्रदान गरि संस्थाले सम्मान गरेको सहकारीले जनाएको छ । गुलरिया नगरपालिकाकी उपप्रमुख सावित्रा गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहकारीमा आवद्ध शेयर सदस्यहरु सहभागी थिए ।

    स्थापना दिवसको अवसरमा शुभकामना दिंदै उपप्रमुख गौतमले सुनौलो महिला सहकारीले जेष्ठ नागरिकलाई सम्मान गरि उदारहणीय कार्य गरेको बताउनु भयो । सहकारीहरुलाई नगरपालिकाले विभिन्न समाजिक, आर्थिक तथा अधिकार मुखी कार्यक्रममा समेट्दै आएको बताउँदै अगामी दिनमा समेत समन्वयात्मक गरी कार्यहरुगर्दै जाने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

    शुभकामना मन्तब्य दिंदै नगरपालिकाका बरिष्ठ शाखा अधिकृत मुकुन्द अर्यालले पछिल्लो समय कतिपय सहकारीहरुको नाकारात्मक दृष्टिकोणलाई समेत सुनौलो महिलाले गरेको प्रगति तथा क्रियाकलापले चिरफार गरेको बताउनु भयो । उद्यमशिलताको क्षेत्रमा सुनौलो सहकारीले महिलाको अधिकार तथा हिंसा नियन्त्रण गर्न सक्ने स्थानमा पुगेको भन्दै शुभकामना दिनु भयो ।

    सहकारीका अध्यक्ष इन्दिरा सुवेदीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा सुनौलो महिला २२ वर्षमा प्रवेश गर्नु सवैको लागी सुखद भएको बताउनु भयो । विभिन्न आरोह अवरोहहरु पारगर्दै महिलाको आर्थिक उपार्जन तथा अधिकारको रक्षाको क्षेत्रमा कार्यगर्न सफल भएको बताउनु भयो ।

    सुनौलो महिला सहकारीले विभिन्न गाँउका महिलाहरुलाई आर्थिक उपार्जनको क्षेत्रमा जोड्दै सहकारीका शेयर सदस्य महिलाहरुको सक्रियतामा अर्गानिक बेसार उत्पादन गरी विक्रीका लागी तयार गरेको अध्यक्ष सुवेदीले जानकारी गराउनु भयो । लामो समयको मिहिनेत र महिलाहरुको इमान्दारिताले उत्पादन गरेका बेसारलाई बजारीकरणमा सहयोग गर्न स्थानिय सरकार तथा छाता संगठनलाई अनुरोध गर्नु भएको छ ।

    कार्यक्रममा गुलरिया नगरपालिकाका वरिष्ठ शाखा अधिकृत मुकुन्द अर्याल, प्रमुख प्रशासकिय अधिकृत ओमकार शाह, नागरिक समाज संजाल बर्दियाकी अध्यक्ष हिमा सुनार जिल्ला सहकारी संघ बर्दियाका उपाध्यक्ष नेत्र सापकोटा, रास्ट्रिय सहकारी बैंक भुरिगाउ शाखाका प्रबन्धक किरण खत्री, माइती नेपाल बर्दियाको प्रमुख गायत्री रिमाल लगायतले २२ औं स्थापना दिवसको अवसरमा संस्थाको प्रगतीको शुभकामना दिनु भएको छ ।

    Post Views: 434
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार १८:२७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.