• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

जाजरकोट भूकम्पपीडितको माग ‘सरकार घर बनाइदेऊ’

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १८, सोमबार ०८:२६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जाजरकोट, मंसिर १८ गते / भूकम्प गएलगत्तै सरकारको प्रत्यक्ष उपस्थितिले हौसिएका भूकम्पपीडितहरूले घर बनाइदिन सरकारसँग माग गरेका छन् । कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्पले जाजरकोटका घरबारविहीन पीडितले सरकारको आशा र भरोसामा बाँचेको बताएका छन् ।

    उनीहरूले सरकारले जनताको घाउमा मलम लगाउन पुगेको बताउँदै अल्पकालीन र दीर्घकालीन रूपमा आवास निर्माणको काममा सहयोग गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । पूर्ण र आंशिक रूपमा क्षति पुगेका पीडितहरूले सरकारले घर बनाइदिए अरू जीविकोपार्जनका लागि गाउँघरमै ऐँचोपैँचो गरेर भए पनि व्यवस्था गर्ने बताएका छन् ।

    पाँच घर क्षति भएर सरकारको राहत पर्खेर बस्नुभएका भेरी नगरपालिका–१, रिम्नाका विजय रानाले भन्नुभयो, “हामी स्वयंले घर बनाउन सक्दैनौँ । सरकारले राहत दिए मात्र घर बनाउन सकिन्छ ।” खेतीकिसानी गरेर जीविकोपार्जन गर्ने किसान रानाले दुःखेसो पोख्नुभयो, “सरकारले दिएको राहत र सहयोगले पुग्दैन । त्यसैले जग्गा नबेचीकन घर बनाउनका लागि सरकारले सहयोग गर्नु पर्छ ।”

    यस्तै भेरी नगरपालिका–१, रावतगाउँका जसवीर दमाईले भन्नुभयो, “सरकारले चामल दिएको छ । पाल दिएको छ । घर बनाइदिनुप¥यो । रकम दिनेभन्दा पनि घर बनाइदिनु पर्छ ।” उहाँले भूकम्पलगत्तै सरकारले पठाएको हेलिकोप्टरले रावतगाउँका घाइतेहरूको उद्धार गरेर थुपै्र जनधनको क्षति कम गरेको बताउनुभयो । “सरकारी निकायले राम्रो काम गरेको छ । हेलिकोप्टर पठाएर सरकारले राम्रो गरेको छ,” उहाँले भन्नुभयो ।

    भेरी नगरपालिका–१, रावतगाउँका तारा नेपालीले गाँस त छिमेकी घरबाट पनि पाउन सकिन्छ तर बास के गर्ने भन्दै बस्ने बास भइदिए हुन्थ्यो भनेर स्थानीय सरकारसँग बासको माग गर्नुभयो ।

    उहाँले भन्नुभयो, “चिसोले टाउको दुख्ने भएकाले घाममा बस्नु पर्छ । पाल र ब्ल्याङ्केट पाए पनि त्यसले थेग्न गाह्रो छ । हुनेलाई गाह्रो भएको अवस्थामा नहुनेलाई झन् गाह्रो छ ।”

    भेरी नगरपालिका–१, रावतगाउँका तारा नेपालीले सरकारले घर बनाइदिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अब घर बनाउन आफूहरूले नसक्ने भएकाले सरकारले घर बनाइदिएको खण्डमा अरू हामी आफैँ गर्न सक्छौँ ।” उहाँले घर बनाउने कि जीवनयापन गर्ने भन्ने समस्या बढेको भन्दै सरकारले घर बनाइदिए आफूहरूको पीडा केही कम हुने उल्लेख गर्नुभयो ।

    भूकम्प जानुभन्दा केही दिनअघि सुत्केरी हुनुभएकी सोही गाउँकी हरिमाया परियारले छिमेकीको पोल्ट्री फार्मका लागि बनाएको टहरामा आश्रित भएको बताउनुभयो । उहाँले पाल र ब्ल्याङ्केटसहित चामल, चाउचाउ र हर्लिक्सलगायतका खाद्यान्नसँगै नियमित रूपमा हेल्थपोस्टमा चेकजाँच भएको बताउनुभयो ।

    सुत्केरी भएको भएर राम्रो प्रबन्ध मिलेको बताउँदै उहाँले भन्नुभयो, “जनतालाई खाना खान र गुजारा गर्न गाह्रो छ तर अब सबैभन्दा पहिला बस्नका लागि सरकारले बास बनाइदिनु पर्छ र आवश्यकता अनुसार बच्चा र मेरो हेल्थपोस्टमा चेकजाँच हुन्छ ।”

    जाजरकोटको सदरमुकाम खलङ्गाका सोनिका परियार भूकम्पले घर क्षति पुर्‍याएपछि चौरमा बास बसेको स्मरण गर्नुहुन्छ । दुई वटा घरमा क्षति पुगेका उहाँले सरकारले घर बनाएर उद्धार गर्छ भनेर ढुक्कले बसेको बताउनुभयो ।

    युनिसेफसँग साझेदार रहेको सोसेक नेपालका प्रतिनिधि जीवराम रेग्मीले २०७२ सालको भूकम्पमा भन्दा यस पटक जाजरकोट भूकम्पमा राष्ट्रप्रमुख र सरकार प्रमुखलगायतको निरीक्षण भ्रमणसँगै राहत वितरणको कामले विपत् प्रतिकार्य राम्रो भएको बताउनुभयो ।

    दीर्घकालीन रूपमा बस्ती विकास र आवास निर्माणका लागि सरकारले नीति बनाउनु पर्छ भन्दै उहाँले भन्नुभयो, “उद्धारमा जस्तो सव्रिmयता भएको छ अब सोही अनुसार पुनर्निर्माण र जीविकोपार्जनलाई ध्यान दिइनु पर्छ ।”

    उहाँका अनुसार सरकारले विकास साझेदारसँग मिलेर भूकम्पपीडितहरूको सहयोगमा कम लागतको भूकम्प प्रतिरोधी घर निर्माण गर्न सकिन्छ । उहाँले भन्नुभयो, “घर निर्माण गर्ने राज्यको दायित्व भएकाले सबैसँग मिलेर राज्यको अपनत्व पनि हुने र विकास साझेदारहरूको काम हुने र प्रभावित पीडितले सेवा सुविधा पाउन सकिन्छ ।” उहाँका अनुसार पीडितहरूका लागि स्वास्थ्यका लागि सहज शौचालय निर्माण भएका छन् । सोही गाउँमा मात्रै १२ वटा आधुनिक शैलीका शौचालय निर्माण भएका छन् ।

    लामो समयदेखि खेतीकिसानी गरेर बनाएको पाँच वटा घर भूकम्पले पूर्ण रूपमा क्षति भई सात जनालाई पुरे पनि आफैँले उद्धार गरेको रिम्नाका विजय रानाले स्मरण गर्नुभयो ।

    “हामी माथिल्लो तलामा सुत्छौँ तर भूकम्पको धक्का महसुस भएपछि तल्लो छिँडीमा आउँदा आउँदै घर भत्किए । हामी सामान्य घाइते भयौँ,” उहाँले भन्नुभयो, “पुरिए पनि आफैँले ढुङ्गा, माटो र काठ पन्छाएर उद्धार गर्न सफल भयौँ ।” साभार गोरखापत्र

    Post Views: 242
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार ०८:२६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.