• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

करारका कर्मचारी कोषमा आबद्ध हुने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १८, सोमबार ०८:१६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर १८ गते / सामाजिक सुरक्षा कोषले कोषमा अस्थायी करार सेवा तथा ज्यालादारीमा कार्यरत कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको छ । 

    कोषले मङ्सिरदेखि नै कोषको अस्थायी करार सेवा तथा ज्यालादारी सेवामा रहेका कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने प्रक्रिया सुरु गरेको हो । कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले सरकारी तहबाट यसअघि भएको घोषणा अनुसार कोषले कोषको सचिवालयमा करार र ज्यालादारीमा कार्यरत कर्मचारीलाई कोषको योजनामा समेट्ने निर्णय गरेको जानकारी दिनुभयो ।

    सरकारको करार सेवामा वर्षौंसम्म काम गरेर रित्तो हात घर फर्किने अवस्था नहोस् भनेर कोषले आफ्नो करारमा सेवारत कर्मचारीलाई कोषको योजनामा आबद्धता गराउने निर्णय गरी प्रक्रिया सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

    दुई महिनाअगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कोषको क्षमता अभिवृद्धि गरी यसको विश्वसनीयता र अपनत्व कायम गर्न सरकारी करार र ज्यालादारीमा रहेका कर्मचारीलाई चरणबद्ध रूपमा कोषको योजनामा आबद्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । साथै उहाँले साताभित्रै सामाजिक सुरक्षा कोषको कार्यालयमा कार्यरत करार सेवामा रहेका कर्मचारीबाट नै करारलाई कोषमा आबद्ध गराउने अभियानको सुरु गर्न निर्देशन दिनुुभएको थियो ।

    साथै कोषले सरकारका अन्य कार्यालयमा अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीलाई कोषको योजनामा आबद्ध गराउने कार्यविधि तयार गरी अन्तिम स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको छ । सो कार्यविधि अर्थबाट स्वीकृति भएर आएपछि देशभर अस्थायी, करार तथा ज्यालादारीमा रहेका कर्मचारीको तथ्याङ्क सङ्कलन गरी चरणबद्ध रूपमा कोषको योजनामा आबद्ध गराउन सुरु गरिने कोषले जनाएको छ ।

    कोषका अनुसार २०७६ साउन १ देखि हालसम्म कोषमा १८ हजार ४६५ जना रोजगारदाता र नौ लाख ४९ हजार ९०६ जना योगदानकर्ता सूचीकृत भएका छन् । जसमा औपचारिकतर्फका चार लाख ६४ हजार २१८ जना, वैदेशिक रोजगारतर्फ चार लाख ८५ हजार ६५३ जना, अनौपचारिकतर्फ तीन जना र स्वरोजगारतर्फ ३२ जना आबद्ध भएका छन् । कोषमा रोजगारदाता र योगदानकर्ताबाट ३९ अर्ब छ करोड रुपियाँ जम्मा भएको छ । साभार गोरखापत्र

    Post Views: 263
    प्रकाशित मिति: २०८० मंसिर १८, सोमबार ०८:१६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.