• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

तहगत संरचनालाई जिम्मेवारी दिन माग, हस्तक्षेप नगर्न नेतृत्वलाई आग्रह

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १७, आईतवार २०:३६ प्रकाशित
    • अ-
    • अ
    • अ+

    लुम्बिनी,मंसिर १७ /नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलन आइतबार सम्पन्न भएको छ । लुम्बिनी प्रदेशको बुटवलमा शनिबारदेखि शुरु भएको दुई दिने सम्मेलन आइतबार बन्दसत्र गरेर सम्पन्न भएको हो । बन्दसत्रमा विभिन्न प्रदेशका सहभागी नेताहरुले लुम्बिनीबाट तहगत संरचनालाई पूर्णरुपमा जिम्मेवारी दिन पार्टीको नेतृत्वसँग आग्रह गरेका छन् । पहिलो लुम्बिनी प्रदेश सम्मेलनले पार्टीको तल्लो संरचनालाई तहगत जिम्मेवारी दिन र हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न नेतृत्वलाई आग्रह गरेको हुन् ।

    कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले संघीय संरचना अनुसार पार्टीलाई पनि चलायमान बनाउन आग्रह गर्दै  ‘संघीय लोकतान्त्रिक गणतन्त्रअनुसार आफ्नो पार्टीको संरचनालाई चलायमान बनाउनु पर्ने उल्लेख गरे । उनले भने, ‘पार्टीको स्थानीय संरचनालाई  क्रियाशील बनाउन,  निर्देशन गर्ने काम पार्टीको स्थानीय समितिले गर्नुपर्ने र  ‘प्रदेश सरकारलाई प्रदेश समितिले निर्देशन गर्ने जिम्मेवारी प्रदान गर्नुपर्ने बताउँदै केन्द्रले हस्तक्षेपकारी भूमिका निर्वाह नगर्न आग्रह गरे । सभापति पुनले संघिय सरकारले संविधान अनुसार प्रदेशलाई अधिकार दिएर कामकाजमा सहज बनाउन सम्मेलनमा आएका सुझावहरुलाई अनुशरण गर्न आग्रह गरे ।

    प्रदेश सभापतिलाई केन्द्रीय सहमहामन्त्री सरहको पदाधिकारी बनाएर जानुपर्ने सम्मेलनमा सुझाव उठेको थियो । बन्दसत्रमा मुलुकको विकास र समृद्धिको लागि अन्य पार्टीहरुसँग पनि समन्वयकारी भूमिका खेल्नु पर्ने भन्दै प्रदेश सम्मेलनले अन्तरपार्टी सञ्जाल बनाएर सबै पार्टीसँग समन्वय सहकार्य गर्ने निर्णय गरेको छ । वडादेखि केन्द्रीय संरचनासम्म अरु पार्टीसँग समन्वय गर्न लुज फोरम बनाउनुपर्ने आवाज उठाइएको छ।  कांग्रेसको क्रियाशीलताको लागि सबै पालिका सभापतिहरुलाई पदेन महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य बनाउन पनि कांग्रेस लुम्बिनीले सुझाव दिएको छ ।

    मुलुकमा अहिले देखिएको समस्या परिस्थितिलाई समाधान गर्न एकताबद्धको खाँचो रहेको बताएका थिए । पार्टीमा एक पटक केन्द्रीय सदस्य भएकाहरु तल्लो तहबाट स्वतः प्रतिनिधि बन्ने व्यवस्था खारेज गर्न, सबैले तलैदेखि प्रतिष्पर्धा गरेर आउनु पर्ने कांग्रेस लुम्बिनीले प्रस्ताव गरेको छ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा भएको बन्द सत्रमा केन्द्रीय सदस्यहरु डा. चन्द्रकान्त भण्डारी, पुष्पा भुसाल, दीपक गिरी, डा. गोविन्द पोखरेल, अजयबाबु शिवाकोटी र अब्दुल रज्जाक लगायतको उपस्थित रहेको थियो ।

    बन्द सत्रमा प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन, प्रदेश महामन्त्री सुरेन्द्रराज आचार्यद्धारा प्रस्तुत सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष प्रकाश रानाद्धारा प्रस्तुत प्रतिवेदनमाथि ४ ओटा समूह बनाएर छलफल गरिएको थियो । समूहगत छलफलमा पार्टीको आन्तरिक गतिविधिसँगै मुलुकका समस्याका बारेमा प्रतिनिधिहरुले सुझाव दिएका थिए ।

    सम्मेलनको कांग्रेस केन्द्रीय सभापति शेरबहादुर देउवाले शनिबार उद्घाटन गरेका थिए । सम्मेलनमा प्रदेश कार्यसमितिका पदाधिकारी तथा सदस्य, सल्लाहकारहरु, प्रदेश अधिवेशन प्रतिनिधि, जिल्ला सभापतिहरु, भ्रातृ संस्थाका प्रतिनिधिलगायत गरी सात सय भन्दा बढीको सहभागीता रहेको थियो । सम्मेलनको बन्दसत्रमा समूहगत छलफलका सुझावहरु समूहका नेताहरुले बन्द सत्रमा पेश गरेका थिए । प्राप्त सुझावलाईसमेत समेटिने गरी प्रस्तुत प्रतिवेदनहरु पारित गरिएको थियो ।साभार हाम्राकुरा

    Post Views: 244
    प्रकाशित मिति: २०८० मंसिर १७, आईतवार २०:३६
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.