• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

अनुमति लिएर कारोबार गर्न एनसेललाई आजै पठाएको थियो दूरसञ्चार प्राधिकरणले पत्र

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १५, शुक्रबार १९:३४ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौं, मंसिर १५ / मलेसियाको आजियाटा समूहले एनसेलको सेयर बिक्रीमा दूरसञ्चार प्राधिकरणबाट अनुमति नलिएको पाइएको छ। शुक्रबार बिहानमात्रै अनुमति लिएर कारोबार गर्नको लागि प्राधिकरणले सचेत गराएको थियो। ‘बुधबार बिक्रीको घोषणा गरिएपछि हामीले यस विषयमा एनसेललाई अनुमति लिएर कारोबार गर्न पत्र पठाएका थियौं, अहिले कारोबार नै भयो भन्ने सूचना आयो’ दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुर्षोत्तम खनालले भने।

    शुक्रबार प्राधिकरणले पठाएको पत्रमा भनिएको छ, ‘आजियाटाको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको सार्वजनिक सञ्चार माध्यमबाट भएको छ। प्रकाशित समाचारको विषयमा प्राधिकरणको ध्यानाकर्षण भएको छ।’ दूरसञ्चार नियमावली २०५४ को नियम १४ मा यस्तो स्वीकृति लिनुपर्ने व्यवस्था छ।

    आजियाटा समूहले बेलायतको  स्‍पेक्ट्रलाइट कम्पनीलाई शुक्रबार एनसेलको ८० प्रतिशत सेयर बेचेको छ। स्‍पेक्ट्रलाइटले यस्तो सेयर खरिद गरेको घोषणा गर्न पाउनु खुसीको कुरा भएको जनाएको छ।  ‘एनसेलको सेयर प्राप्तिको लागि सम्झौता भएको घोषणा गर्न पाउँदा स्‍पेक्ट्रलाइट खुसी छ,’ कम्पनीका सञ्चालक सतिशलाल आचार्यले भनेका छन्, ‘दूरसञ्चार क्षेत्रमा रहेको मेरो अनुभवलाई आविष्कार, लगानी र नेपाली जनतालाई सेवा प्रदान गर्न एनसेलको व्यवस्थापनसँग काम गर्नेछु।’

    व्यावसायिक चुनौती बढेको भन्दै आजियाटा समूहले एनसेलबाट लगानी झिक्ने घोषणा गरेको थियो। बाहिरिएसँगै आजियाटाले कम्पनी बिक्रीमा राखेको थियो।साभार सेतोपाटी

     

    Post Views: 198
    प्रकाशित मिति: २०८० मंसिर १५, शुक्रबार १९:३४
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.