बर्दिया, मंसिर १५ गते( माउण्टेनसमाचार) / बर्दियाको मधुवन नगरपालिका बडा नं ३ को गौरि सामुदायिक वन नजिक घास काट्ने क्रममा गैडाकोट आक्रमणबाट एक जना घाइते भएका छन ।


खाता कोरिडोर क्षेत्रमा पर्ने गौरी सामुदायिक वन नजिक घास काट्ने क्रममा मधुवन नगरपालिका बडा नं ३ निवासी ७० बर्षिय
गहनु थारु लाई आज करिब दिनको २ बजे गैँडाले आक्रमण गर्दा सख्त घाइते भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले जानकारी दिनु भयो ।

घाइतेको जिल्ला अस्पताल बर्दियाबाट रिफर गरि थप उपचारका लागि भेरि अस्पताल नेपालगन्ज पठाईएको जिल्ला अस्पताल बर्दियाले जानकारी दिएको छ।





