• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

काठमाडौंमा चिसो बढ्यो, न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १४, बिहीबार ११:०२ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौंको आकाश बिहानैदेखि बादलले ढाकिएको छ।

    आकाश खुलेर घाम राम्ररी नदेखिँदा तुलनात्मक रूपमा आज काठमाडौंमा बढी चिसो महशुस गरिएको छ।

    मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज काठमाडौंको न्यूनतम चापक्रम ९.२ डिग्री सेल्सियस छ। बुधबारको न्युनतम तापक्रम १०.१ डिग्री सेल्सियस थियो। आज २१ देखि २३ डिग्री सेल्सियसको वरिपरि अधिकतम तापक्रम रहने महाशाखाको पूर्वानुमान् छ।

    मौसमविद् सञ्जिव अधिकारीका अनुसार राजस्थानमा बनेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको प्रभावका कारण काठमाडौंमा आज चिसो महशुस भएको हो।

    काठमाडौंमा आज दिनभरी आकाश राम्ररी नखुल्ने उनले बताए। त्यसो हुँदा हिजो अस्तीको तुलनामा आज काठमाडौं केही चिसो हुनेछ।

    भोलिदेखि भने काठमाडौंको मौसममा सुधार आउने अधिकारीले जानकारी दिए।

    ‘आज दिनभरीजसो नै राम्ररी घाम लाग्ने जस्तो देखिँदैन, भोलि सुधार देखिने सम्भावना छ,’ उनले भने।

    आज मधेश प्रदेश लगायत पूर्वी भूभागमा मौसम बदली हुँदा केही चिसो बढेको छ।

    राजस्थानमा बनेको न्यूनचापीय प्रणालकी असर सुदूरपश्चिममा नपरेको हुँदा त्यहाँको मौसम भने सामान्यतया सफा रहेको मौसमविद् अधिकारीले जानकारी दिए।

    महाशाखाका अनुसार आज दिउँसो मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। साथै उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ। साभार सेतोपाटी

    Post Views: 186
    प्रकाशित मिति: २०८० मंसिर १४, बिहीबार ११:०२
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.