• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

विपन्न विद्यार्थी अध्ययन खर्च जुटाउन विद्यालयमै कुखुरा पालन

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १४, बिहीबार १०:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    तनहुँ, मंसिर १४ गते / आँबुखैरनी–६ स्थित कन्यादेवी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पढ्दै, कमाउँदै कार्यक्रमअन्तर्गत कुखुरा पालन व्यवसाय सुरु गरिएको छ । ग्रामीण क्षेत्रका धेरै बालबालिका खर्च अभावमा नियमित विद्यालय जान नसक्ने बाध्यताको अन्त्य गर्न यस विद्यालयले विद्यार्थी पढ्ने कार्यसँगै कमाउने अवसर दिन कुखुरा पालन व्यवसाय सुरु गरेको हो  ।

    गाउँपालिकाले विद्यालयमा कार्यक्रम सुरु गरेपछि विद्यालयमा पढाइसँगै विद्यार्थी कृषि पेसामा आबद्धता भएका छन्  । एक वडा, एक उत्पादन अन्तर्गत आँबुखैरेनी गाउँपालिकाले पाँच लाख अनुदान प्रदान गरेपछि विद्यालयले स्थानीय जातका कुखुरा पालन गरेको विद्यालयका प्रधानाध्यापक सूर्यमान गुरुङले बताउनुभयो  । विद्यालयमा हाल एक सय २५ विद्यार्थी अध्ययनरत मध्ये  हाल २० जना विद्यार्थी कुखुरा पालनमा आबद्ध भएको उहाँले जानकारी दिनुभयो । 

    गत असारको ६ गते दुई सय वटा स्थानीय जातका चल्ला ल्याएर पाल्न सुरु गरिएको र हाल बिक्री गर्न लायक भएको प्रधानाध्यापक गुरुङले जानकारी दिनुभयो  । प्रतिकिलो भाले  आठ सय र पोथी सात सयमा बिक्री गर्ने गरिएको विद्यालयले जनाएको छ । आँबुखैरेनी गाउँपालिकाद्वारा सञ्चालित कृषि व्यवसाय प्रवर्द्धन केन्द्र र पढ्दै कमाउँदै कार्यक्रम अन्तर्गत कन्यादेवी माध्यमिक विद्यालयमा अनुदान रकम प्रदान गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताउनुभयो । सो विद्यालयमा आर्थिक रूपमा विपन्न, दलित, आदिवासी जनजाति बालबालिका अध्ययन गर्ने भएको सहयोग गरिएको गाउँपालिकाले जनाएको छ । 

    विद्यालय परिसरमा करिब १३ रोपनी क्षेत्रफल रहेको छ । कुखुरालाई चरन क्षेत्र प्रशस्त भएकाले पालन कार्यमा सहज भएको छ । कुखुरा पालनबाट आएको मुनाफा विद्यार्थीको पठनपाठनमा खर्च गर्ने गरी अनुदान रकम व्यवस्था गरिएको गाउँपालिका पशु चिकित्सक सन्तोष देवकोटाले जानकारी दिनुभयो  । विद्यालय तहबाटै विद्यार्थीलाई प्राविधिक र व्यावसायिक शिक्षातर्फ आकर्षित गराउन गाउँपालिकाले यस किसिमको अभियानलाई प्राथमिकता दिँदै आएको छ । साभार गोरखापत्र

    Post Views: 255
    प्रकाशित मिति: २०८० मंसिर १४, बिहीबार १०:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.