• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

‘कर्णाली उज्यालो योजनामा प्राधिकरण’

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १४, बिहीबार १०:५१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    जुम्ला, मङ्सिर १४ गते / नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्राधिकरण कर्णाली उज्यालो पार्ने अभियानमा जुटेको बताउनुभएको छ ।

    कार्यकारी निर्देशक घिसिङसहितको टोलीले कर्णालीमा विद्युत् क्षेत्रमा गरिरहेको काम र आगामी योजनाका बारेमा जुम्लामा बोल्दै प्राथमिकतामा राखेको जनाइएको हो । जुम्ला पुगेर कार्यकारी निर्देशक घिसिङले कोहलपुर, सुर्खेत, दैलेख, कालीकोट हँुदै जुम्लासम्मको १३२ केभी क्षमताको विद्युत् प्रसारण लाइन अगाडि बढाइएको पनि जनाउनुभयो ।

    उहाँले विशेष गरी जुम्ला आउने छोटो मार्गबाट कसरी ट्रान्समिसन लाइन जुम्ला ल्याउने भन्ने विषयमा जोड दिइएको बताउनुभयो । उहाँले अहिले जुम्लामा कालीकोटबाट जोडिएको ३३ केभीबाट ११ केभी लाइन जोडिएको तर भरपुर नभएको अवस्थामा अब जुम्ला पु¥याउन छोटो बाटो दैलेखबाट १३२ केभी लाइन नै ल्याएर कर्णाली उज्यालो अभियानमा जोड दिइने जनाउनुभयो ।

    उहाँले भविष्यका लागि कर्णाली ऊर्जा इकोनोमिक कोरिडोर बन्ने योजनाका साथ १३२ केभी यहाँको भविष्यसँग जोडिने योजना भएको बताउनुभयो ।

    यस क्षेत्रमा विद्युत्ले उज्यालो बनाउने मात्रै नभई यहाँको आर्थिक समृद्धिमा सघाउ पुग्ने आशा पनि उहाँले व्यक्त गर्नुभयो । उहाँले विद्युत्ले सिँचाइ, स्याउसहितका कृषि वस्तुमा जोड दिन सघाउने बताउनुभयो । उहाँले सरासर काम भएमा दुई÷तीन वर्षमा दैलेखदेखि जुम्ला आइपुग्ने दाबी पनि गर्नुभयो ।

    जुम्लामा घिसिङसहित वैकल्पिक ऊर्जाका प्रबन्धक नारायण अधिकारी, दातृ निकाय एडिबीका पुष्कर मानन्धर, नर्वेजियन राजदूतावासका प्रतिनिधि, नेपाल विद्युत् प्राधिकरण कर्णालीका प्रमुखसहितको टोली आएको थियो ।

    कर्णालीमा विद्युतीकरण

    जुम्लामा अहिलेको अवस्थामा जुम्लामा ५० प्रतिशतमा बिजुली पुगेको छ । जुम्लाबाट फुकोट कर्णालीको ४०० मेगावाटको विषय पनि जोड्ने योजना रहेको छ ।

    प्राधिकरणका अनुसार दैलेखपछि कालीकोटको राँचुली, जुम्लाको श्रीढुस्कामा सबस्टेसन स्थापना गरी सेवा प्रवाह गरिने छ । यसका साथै जुम्लाको चुकेनी, गिरी खोला, ठिन्केलगायतका साना हाइड्रो पावर पनि एकीकृत गरिने बताउनुभयो ।

    प्राधिकरणले प्रस्तुत गरेको प्रतिवेदनमा प्रसारण लाइन तथा विस्तृत सर्भे डिजाइन, बोलपत्रसम्बन्धी कागजातको तयारी, वातावरणीय परीक्षण तयारीको प्रतिवेदन, दैलेख सबस्टेसनको जग्गा प्राप्ति भई मुआब्जा वितरणको चरणमा रहेको छ । यस्तै आगामी कार्ययोजनामा दैलेख–जुम्ला १३२ केभी विद्युत्का लागि बोलपत्र आह्वान गरिने, प्रसारण लाइनका लागि वन तथा जग्गाको स्वीकृति, मालसामान आपूर्ति तथा जडान रहेको छ । साभार गोरखापत्र

    Post Views: 232
    प्रकाशित मिति: २०८० मंसिर १४, बिहीबार १०:५१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.