• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

बर्दियामा गाउँ पस्ने चितुवा नियन्त्रणमा लिइयो

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर १४, बिहीबार १०:३३ प्रकाशित
    • अ-
    • अ
    • अ+

    बर्दिया, मंसिर १४ गते(माउण्टेनसमाचार।) / मधुवन नगरपालिका बडा नं ५ का बडा अध्यक्ष दिलीप गुरुङ दैनिक जसो बडाको १० नं गाउँमा चितुवा आउने गरेको जनगुनासो सुनि नै रहेका थिए।

    अध्यक्ष गुरुङ केहि मानवीय दुर्घटना नहोस भनि सजक पनि थिए। तर गाउँ पस्दै घरमा पालेको बाख्राहरू नै चितुवाले गाउँ पसेर खोरबाटै लैजान थाले पछि भने चिन्तित भए र कतै ठुलो मानवीय क्षपि नहोस भन्ने सोचमा रहेर अध्यक्ष गुरुङले डिभिजन वन कार्यालय बर्दियामा जानकारी गराए।

    जानकारी पाए लगत्तै डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले तदारुकता देखाउदै सम्भावित चितुवा हिड्न सक्ने स्थानमा

    क्यामरा ट्रयाप र आहारा सहितको चितुवा नियन्त्रण गर्न बनाइएको फलामको पासो ट्रयाप राखियो । चितुवा हिड्न सक्ने सोहि स्थानमा क्यामरा ट्रयापमा चितुवा देखिए पनि पासोमा पर्न सकेको थिएन डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रवीण बिडारीले भने । अन्तत पासो थापेको करिब १५ दिन पछि मंसिर १३ गते साँझ ७ बजे आहाराको लोभमा चितुवालाई ट्रयापमा पार्दै नियन्त्रणमा लिन सफल भएको डिभिजन वनका प्रमुख बिडारीले जानकारी दिए। धेरै दिनको पर्खाई पछि चितुवा नियन्त्रण लिदा सम्भावित दुर्घटना जोखिमबाट जोडिएको डिभिजन वनका प्रमुख प्रवीण बिडारीले बताए।

    पासोमा परेको चितुवालाई NTNC बर्दियाको टोलि बर्दिया राष्ट्रिय निकुञ्जको जंगलमा छाडिएको समेत बिडारीले भने ।

    चितुवा नियन्त्रणमा लिन सहयोग गर्ने डिभिजन वन कार्यालय बर्दियालाई हार्दिक धन्यवादको पात्र रहेको बडा अध्यक्ष दिलीप गुरुङले बताए। चितुवा नियन्त्रण संगै गाउँलेहरू राहत महसुस गरेका छन। भारतीय सिमापारि निकुञ्ज र नेपाल तर्फ खाता कोरिडोर नजिक रहेकोले जंगली जनावरहरुको यस क्षेत्रमा देखिने गरेका छन।

    Post Views: 390
    प्रकाशित मिति: २०८० मंसिर १४, बिहीबार १०:३३
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.