• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

नक्कली भूटानी शरणार्थी प्रकरणः खाँणको बहस सकियो, भोली रायमाझीको तर्फबाट बहस हुने

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ११, सोमबार २१:३१ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,मंसिर ११ /नेपाली नागरिकलाई नक्कली भुटानी शरणर्थी बनाई अमेरिका पठाएको अभियोगमा पूर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ। गत मंगलबारबाट निरन्तर सुनुवाईको क्रमामा रहेको नक्कली भूटानी शरणार्थी प्रकरणको बहस खाणका तर्फबाट वकालत गर्ने क्रममा कानुन व्यवशायीहरुले आज बहस सकेका हुन्। खाँणको तर्फबाट आइतबार पनि बहस भएको थियो।

    पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरुले बहस गरेका थिए। खाणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरुले बहस गरेका छन्। आइतबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए। त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका हुन्।

    पूर्व महान्यायाधिवक्ता खम्बबहादुर खाती, बद्रीबहादुर कार्की, प्रेमबहादुर खड्का, कृष्णप्रसाद सापकोटा, महादेव यादव तथा सुरेन्द्र महतोले बहस गरेका थिए। उनीहरुले रकम नै लेनदेन पुष्टि नभएकाले ठगीको अभियोग पुष्टि नै नहुने दाबी गरेका थिए।  ‘जाहेरीवालाले बालकृष्ण खाँणले यति पैसा लग्यो भनेका छैनन्।

    केशव दुलाल र टेकनारायणको संवादलाई लिएर खाँणलाई मुछिएको छ। खाँण आफू कहीँ पनि संलग्न नभएकाले जिल्ला अदालतले गरेको निर्णय कानुनसम्मत छैन,’ बहसको क्रममा खाँण्का कानुन व्यवहायीले जिकिर गरेका थिए। उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा  निरन्तर हेर्दा हेर्दै राखेर सुनुवाइ भइरहेको छ। मंगलबार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट बहस हुनेछ।

    काठमाडौं जिल्ला अदालतले गत असार १ मा गरेको थुनछेकको आदेशलाई त्रुटिपूर्ण भएको भन्दै उनीहरुले पाटन उच्च अदालतमा पुन: सुनुवाईको माग गरेका थिए। हालसम्म १८ जनाको बहस सकिएको छ पाटन उच्च अदलातले जनाएको छ।

    जिल्ला अदालत काठमाडौंले अभियोगी मध्ये पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, सानु भण्डारी, केशव दुलाल, सागर राई, सन्देश शर्मा, इन्द्रजित राई, सन्दीप रायमाझी, नरेन्द्र केसी, गोविन्दकुमार चौधरी, रामशरण केसी, शमशेर मियाँ, भुटानी शरणार्थी नेता टेकनाथ रिजाललगायत १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो।साभार नागरिकन्युज

    Post Views: 222
    प्रकाशित मिति: २०८० मंसिर ११, सोमबार २१:३१
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.