• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

घाइते थियो चितवनमा दुई जनालाई खाएको बाघ

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ११, सोमबार २१:२८ प्रकाशित
    • अ-
    • अ
    • अ+

    चितवन, मंसिर ११ /बयरघारीमा केही बसिरहेजस्तो देखेपछि बाघ खोज्न गएको टोलीका सदस्यहरूको ध्यान आकर्षण भयो। उनीहरूलाई लागेको थियो, त्यहाँ बाघ सुतिरहेको छ। चारवटा हात्तीमा गएको टोली थप नजिक गयो। तर त्यो चलमलाएन। जब टोली आडैमा पुग्यो, त्यो बाघ नभएर मान्छेको शव थियो।

    मान्छे कम्मरमुनिको भाग र देब्रे हात घोप्टो अवस्थामा थियो। खप्पर र दाँत छुट्टिएको अवस्थामा थिए। शरीरका अन्य अंग थिएनन्।चितवन राष्ट्रिय निकुञ्ज, नेपाली सेनाको खड्गदल गण, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरूको टोली गत शुक्रबार राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेललाई आक्रमण गरेर ज्यान लिएको बाघ खोज्न राप्ती नदी र लोथर खोलाको दोभान नजिकै पुगेका थिए।

    बाघले तीन दिनअघि मात्रै मनहरी–६ मा पर्ने मध्यवर्ती वनमा घाँस काट्न गएका हरिलाई आक्रमण गरेको थियो। जब बाघ खोज्ने टोलीले मान्छेको शव भेट्यो, त्यसको करिब २० मिटर पर काँसघारीभित्र बाघ पनि देखापर्‍यो। उनीहरूले करिब ५ घन्टा लगाएर बाघलाई बेहोस बनाएका थिए।

    मृत व्यक्ति राप्ती–१ का १७ वर्षीय पुष्पराज तामाङ हुन्। उनी गत शुक्रबारदेखि हराएका थिए। बाघले हरि र पुष्पराज मध्ये कसलाई पहिले आक्रमण गर्‍यो, यकिन भइसकेको छैन। तर बाघको शरीर हेर्दा जनावरलाई आक्रमण गर्न नसक्ने अवस्थामा पुगेपछि मान्छेमाथि आक्रमण गरेको भन्न सकिने एक वन्यजन्तु प्राविधिकले बताए। उनका अनुसार अन्दाजी दस वर्षको पोथी बाघ असाध्यै दुब्लो छ। उसका खुट्टाहरूमा घाउ छन्। घाउमा संक्रमण भएको छ। अर्को बाघसँग लडेर घाउ भएको जस्तो देखिन्छ।

    ‘लडेर घाइते भएपछि सिकार गर्न नसकेको बाघ मान्छेको बढी चहलपहल हुने मध्यवर्ती क्षेत्रमा आइपुग्यो। त्यहाँ मान्छे भेटेपछि आक्रमण गरिहाल्यो,’ उनले भने, ‘मान्छेलाई आक्रमण गर्न बाघलाई अन्य जनावरको सिकार गर्नभन्दा सजिलो हुन्छ।’ लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङबोका अनुसार हरि पौडेल गाउँका किसान हुन्। उनी पाडापाडी पालेर गुजारा चलाउँथे। त्यसैका लागि घाँस काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको थियो। तर होहल्ला भएपछि बाघले धेरै खान पाएन। हरिको खुट्टाको केही भाग मात्रै बाघले खाएको थियो।

    साथीहरूसँग जंगल गइराख्ने पुष्पराज केही दिनदेखि हराएको जानकारी पाएको स्याङबोले बताए। उनका दाइ पनि सँगै जंगल गएका थिए। पुष्पराज र उनका साथीहरू जंगलमै भुले, दाइ भने घर फर्किएका थिए। ‘पुष्पराजले लगाएको कपडामा गाँजाका पोकाहरू भेटिएका छन्। यसबाट उनी गाँजा सेवनका लागि वन जाने गरेको आशंका पनि भयो,’ स्याङ्बो भन्छन्, ‘त्यही मेसोमा बाघले आक्रमण गरेको हुन सक्छ।’

    पहिले पनि बेला–बेलामा साथीहरूको घरमा गएर बस्ने, नियमित घरमा नजाने बानी भएकाले परिवारले पनि उनको खोजी गरेको थिएन। बाघ भेटिएपछि बेहोस बनाउन टोलीलाई निकै बेर लागेको थियो। बाक्लो काँसघारीभित्र हिँडिरहेको बाघलाई भिट लगाएर (सेतो कपडाले घेरेर) राति पौने ९ बजेतिर डार्ट (बेहोस बनाउने सुई लोड गरिएको बन्दुकले हानेर) गरिएको थियो। ‘जुनेली रातमा आँखा टल्किएको आधारमा डार्ट गर्न सफल भयौं,’ टोलीमा सहभागी एक प्राविधिकले भने।

    घटनास्थल मानवबस्तीदेखि करिब तीन सय मिटरभित्र पर्छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी, संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले निकुञ्ज, नेपाली सेनाको खड्गदल गण, एनटिएनसीको प्राविधिक टोली, लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बो, मनहरी–५ र राप्ती–१ का वडाध्यक्ष तथा स्थानीयबासीको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको बताए।

    नियन्त्रणमा लिइएको बाघलाई अहिले कसरामा राखिएको छ। निकुञ्जमा रहेका सबै खोरहरू नरभक्षी बाघले भरिएका कारण यो बाघलाई कहाँ राख्ने भन्ने अन्यौल रहेको तिवारीले बताए। ‘हामी विभाग, अन्य निकुञ्जहरूसँग कुरा गरिरहेका छौं। कता राख्ने भन्ने निर्णय गर्छौं,’ उनले भने।साभार सेतोपाटी

    Post Views: 206
    प्रकाशित मिति: २०८० मंसिर ११, सोमबार २१:२८
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?
    हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’
    ताजा अपडेट
    • १. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • २. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ३. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    • ४. ०४८ यता सार्वजनिक पदमा रहेकाको सम्पत्ति छानबिन गर्न १५ दिनभित्र समिति गठन

    • ५. एफएटीएफको सर्त : उच्चपदस्थको सम्पत्ति छानबिन मात्र होइन, जफत नै गर्नुपर्छ

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.