• समाचार
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • मनोरन्जन
  • अन्तरवार्ता/विचार
  • खेलकुद
  • थप
    • सम्पादकीय
    • सूचना प्रविधि
    • प्रवास
    • भिडियो
    • फोटो ग्यालरी
×
☰
    • समाचार
    • प्रदेश
    • राजनीति
    • अर्थतन्त्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • अन्तरवार्ता/विचार
    • खेलकुद
    • थप
      • सम्पादकीय
      • सूचना प्रविधि
      • प्रवास
      • भिडियो
      • फोटो ग्यालरी

ट्रेण्डिङ :

    राजनीति अस्पताल प्रहरी मुख्यमन्त्री इपिएस

वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल कदम चाल्नुपर्छ: उपराष्ट्रपति यादव

  •  माउण्टेन संवाददाता
  • २०८० मंसिर ९, शनिबार २०:५७ प्रकाशित
    • अ-
    • अ
    • अ+

    काठमाडौँ,मंसिर ९/उपराष्ट्रपति रामसहायप्रसाद यादवले गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय भएको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित नेपाल वन प्राविधिक संघको ४९ औँ स्थापना दिवस र २९ औँ साधारण सभालाई सम्बोधन गर्दै यादवले पछिल्लो समय नेपालमा गैँडा र बाघको तस्करी बढिरहकोप्रति दुःख व्यक्त गरेका हुन् ।

    उनले वन क्षेत्रका प्रमुख चुनौती दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु रहेको बताए । पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको जिकिर गरे । उपराष्ट्रपति यादवले भने, ‘वन क्षेत्रका प्रमुख चुनौती भनेको यसको दिगो व्यवस्थापन तथा उत्पादनमुखी बनाउनु हो ।

    पछिल्लो समयमा वन अतिक्रमण तथा अनधिकृत प्रयोगले वन संरक्षणमा ठुलो चुनौती देखिएको छ । जलवायु परिवर्तनले वन क्षेत्रमा डढेलो तथा विभिन्न प्रकोपको वृद्धि भएका कारण वन र समुदाय जोखिममा छन् । सुदूरमा रहेका जनताले अझै वनको प्रयोग राम्रोसँग गर्न पाएका छैनन् । चुरे क्षेत्रको वन संरक्षण अझै संस्थागत हुन सकेको छैन ।

    तसर्थ चुरे क्षेत्रको वन तराई, मधेस समुदायका लागि जीवन रेखा भएकाले यसतर्फ विशेष जोड दिनुपर्छ । मानव वन्यजन्तु द्वन्द्वले जनमानसमा वन्यजन्तु तथा वन क्षेत्रप्रति नकारात्मक प्रभाव बढ्न जाने हुँदा दिगो समाधानका लागि अध्ययन तथा अनुसन्धान र तत्काल व्यवस्थापनको खाँचो छ । गैँडा तथा बाघको चोरी तस्करीमा वृद्धि हुनु दुःखको विषय हो । वन्यजन्तुको चोरी, तस्करी रोक्न तत्काल नै नेपाल सरकार र वन प्राविधिकले उचित कदम चाल्नुपर्छ ।’साभार रातोपाटी

    Post Views: 223
    प्रकाशित मिति: २०८० मंसिर ९, शनिबार २०:५७
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता
    भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग
    पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !
    ताजा अपडेट
    • १. भूमिहीन सुकुम्बासी व्यवस्थापन: अधुरा कार्य पूरा गर्दै संवैधानिक दायित्व निर्वाह गर्नुपर्ने आवश्यकता

    • २. भारतको कश्मीरमा मारिएका न्यौपानेको सम्झनामा  दीपप्रज्वलन र क्षतिपूर्ति माग

    • ३. पत्रकार महासङ्घको स्थापना दिवसमा हार्दिक शुभकामना !

    • ४. २५ करोडसम्मका उद्योग घरेलु तथा साना उद्योग कार्यालयमार्फत निःशुल्क दर्ता, के भन्छन् सरोकारवाला ?

    • ५. हिमालय चितुवाले राखे विश्व कीर्तिमान, जिते ‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनशिप’

    चर्चित

    हाम्रो बारेमा

    कम्पनी दर्ता नम्बर: ३११२८७/७९/०८०

    सम्पर्क

    विज्ञापन, सूचना/समाचारका लागि

    ठेगाना : गुलरिया नगरपालिका-७, बर्दिया
    इमेल : mountainsamachar@gmail.com
    फोन : ९८५८०७७७७५

    हाम्रो टीम

    अध्यक्ष प्रबन्ध सम्पादक : दीपकलाल श्रेष्ठ

    सामाजिक संजाल

    © 2025 Mountain Samachar . All Rights Reserved.